तुलसीपुर, माघ २५। हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान दाङमा शनिवार देखी सुरु भएको छ ।
जिल्लाको तुलसीपुर उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालय जनस्वास्थ्य प्रर्वद्धन शाखाले शनिवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि उक्त अभियान सुरु गरिएको हो ।
उक्त कार्यक्रममा नगरप्रमुख घनश्याम पाण्डेले हात्तीपाईले रोग विरुद्धको औषधी खाएर अभियानको सुरुवात गरेका छन । उनले हात्ती पाईले रोग विरुद्धको औषधी खान आफुबाटै सुरुवात गरेको भन्दै आम नगरवासीलाई पनि औषधी खान आग्रह गरे ।
कोहि पनि नछुट्ने र नदोहोरिने गरी सवैले औषधी सेवन गरे मात्रै उपमहानगरपालिकालाई हात्तीपाईले रोगबाट मुक्त गर्न सकिन्छ,पाण्डेले भने ।
कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश न्यौपानेले तुलसीपुर क्षेत्रमा मात्रै झन्डै डेढ लाख नागरिकलाई औषधी खुवाउने लक्ष्य रहेको बताए ।
अभियानको पहिलो दिन प्रत्येक वडामा तोकीएको बुथबाट औषधी खुवाईने र आईतवार देखी घरदैलो अभियान मार्फत र्औषधी खुवाउने कार्यतालिका रहेको जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिए ।
साथै शनिवार देखि दाङका १० वटा स्थानिय तहमा १० औँ पटक औषधी खुवाउन सुरु गरिएको छ ।