२०८२ जेष्ठ ११ गते शुक्रवार

अख्तियार सरकारको प्रभावमा परेको काँग्रेस प्रबक्ता शर्माको आरोप

नेपाली काँग्रेसका प्रबक्ता विश्वप्रकाश शर्मा। तस्बिर : राजेश खत्री

काठमान्डौं, माघ २३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा दायर गरेको मुद्दामा सरकारको प्रभाव परेको प्रतिक्रिया दिएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्दै अख्तियारको मुद्दामा सरकारको प्रभाव परेको देखिएको बताएका हुन ।

अख्तियार सरकारको दुष्प्रभावमा परेर आफ्नालाई बचाउने र अर्कालाई फसाउने नियत देखिएको भन्दै शर्माले विरोध गरेका छन् । शर्माले भने,‘प्रश्न विजय गच्छदारमाथि मुद्दा लगाइयो भन्ने होइन तर आफ्नालाई छानीछानी किन जोगाइयो भन्ने हो।’

गच्छदार जुन मन्त्रिमण्डलका सदस्य थिए त्यो मन्त्रिमण्डल हाँक्ने प्रधानमन्त्रीमाथि किन मुद्दा लगाइएन? भन्ने प्रश्न शर्माले गरेका छन् ।

संसदीय व्यवस्थामा मन्त्रिपरिषद्का कुनै पनि निर्णय प्रधानमन्त्रीको अनुमतिबिना पेस नहुेन र ती पासपनि नहुने उनले तर्क गरे ।

गच्छदार मन्त्री हुँदा एक पटक माधवकुमार नेपाल प्रधानमन्त्री हुनुहुन्थ्यो अर्को पटक बाबुराम भट्टराई प्रधानमन्त्री थिए । शर्माले माधवकुमार नेपालको मन्त्रिमण्डलमा राष्ट्रपति विद्यादेवी भण्डारी समेत मन्त्री भएको स्मरण गर्दै अरु सबैलाई उन्मुक्ति दिएर एक जना मन्त्रीलाई मात्रै किन मुद्दा चलाइएको हो ? भनेर प्रश्न गरे ।

त्यस्तै उनले नेकपाका महासचिव विष्णु पौडेलका छोरालाई मुद्दा नलगाएकोबारे आश्चर्य व्यक्त गरेका थिए ।

जग्गा फिर्ता गरेपछि मुद्दा नलाग्ने भन्ने नेपालले नयाँ नजिर प्रतिस्थापन गरेको भन्दै काँग्रेस प्रवक्ता शर्माले अख्तियारले सरकारको प्रभावमा परेर काम गरेको आशंका व्यक्त गरे । शर्माले भने–‘के कसैले डकैती गर्यो र दुई वर्षपछि ब्याजसहित पंैसा फिर्ता दिन्छु भन्यो भने जेल पठाउनु पर्दैन?’

उनले अख्तियारलाई शक्तिशाली बनाउने कानुन आफ्नो पार्टीको सरकारका पालामा भएको भन्दै अहिलेको सरकारले त्यसलाई आफ्नो छाया बनाएको आरोप लगाए ।

गच्छदारले अब मुद्दाविरूद्ध कानुनी र राजनीतिक प्रक्रिया दुबैबाट लड्ने बताएका छन् । अख्तियारले कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरूद्ध ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको भन्दै भ्रष्टाचार मुद्दा हालेको छ।

प्रकाशित मिति : २०७६ माघ २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *