२०८२ साउन ३ गते शनिवार

आपुर्ति सचिवले टरिगाउँ एयरपोर्टको निरिक्षण गरे

तुलसीपुर, माघ २३ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले टरीगाउँ एयरपोर्टको विहीवार निरिक्षण गरेका छन् ।

एयरपोर्टको स्थलगत अनुगमणपछि सचिव अर्यालले टरिगाउँ एयरपोर्ट विस्तार गर्न अप्ठेरो छ भन्ने कुरा आफुलाई नलागेको बताए ।

त्यस्तै उनले बाउजर मेसिन खरिद प्रकृया अगाडि बढी सकेको भन्दै त्यो मेसिन आइपुगेमा दाङलाई पहिलो प्राथमिकता दिने आश्वासन बाँडे ।

‘ आउने दशैंसम्म बाउजर मेसिन र टयाङकर यहाँ आइपुग्न सक्छ,’ सचिव अर्यालले भने ‘एक हप्तालाई पुग्नेगरी इन्धन भण्डारणको व्यवस्था गरिने छ।’ कार्यक्रममा तुलसीपुरका मेयर घनश्याम पाण्डेले धावन मार्ग विस्तार गर्न जरुरी रहेको बताए ।

उनले १५ सय मिटर सम्मको धावन मार्ग विस्तारका लागि आवश्यक पर्ने जग्गा र आर्थिक सहयोग गर्ने जिम्मा स्थानीय सरकारले लिने प्रतिवद्धता जाहेर गरे ।

तुलसीपुर उद्योग वाणिज्य संघ लगाएत संग त्यसका लागि सहयोग मागिने उनले बताए । मेयर पाण्डेले भविस्यमा धावन मार्ग विस्तार र स्थायी डिपो स्थापना गर्न निरन्तर लागिरहनु पर्ने बताए ।

 

 

 

प्रकाशित मिति : २०७६ माघ २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *