जेसीज युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्दै आएको एउटा विश्वव्यापी संस्था हो । यस संस्थामा १८ वर्षदेखि ४० वर्ष उमेर सम्मकायुवाहरु आबद्ध छन । यस्तै सवालहरुमा तुलसीपुर नगर जेसिजवर्ष २०२० का अध्यक्ष मोहन सुनार संग फरककोणकर्मी यमकला भुसालले गरेको कुराको सार ।
१–जेसिज कस्तो खालको संस्था हो ?
जेसिज १८ वर्ष देखि ४० वर्ष सम्मकायुवाहरुको नेतृत्व र व्यक्तित्वविकास गर्ने एक मात्रविश्वव्यापी संस्थाहो । यसवाट युवाहरुले नेत्तृत्वविकाश, क्षमता विकाशका विभिन्न तालिम,गोष्ठी लगायतका विभिन्न अवसरहरु पाउने गर्दछन ।
जेसीजले युवाहरुलाई विभिन्न किसिमका तालिमहरुबाट निखारेर सफल व्यक्तित्व बनाउन मद्धत पनि पु¥याएको छ ।
२–तपाई कहिलेदेखि यस संस्थामा आवद्ध हुनुभयो ?
म सन २०१४ देखि जेसिजमाप्रवेश गरे । त्यसपछि २०१४ मै उपाध्यक्षको भुमिकामा रहेर काम गर्ने अवसर पाए। २०१५ मा खेलकुद संयोजकको रुपमाकाम गरे । २०१६ मा साधारण सदस्य नै रहे ।
२०१७ मा कोषाध्यक्षअनि२०१८ मा शाखा सम्पादकको रुपमाकाम गरे । २०१९ मा महासचिवको रुपमाकाम गरे । सन २०२० मा आएर अध्यक्षभएरकाम गर्ने अवसर पाएको छु ।
३–जेसिजमा युवाहरु आबद्ध किन हुने ?
जेसिजले कुनै पनि व्यक्तिलाई थप सामाजिक बन्न प्रेरित गर्छ । समाजका लागि केही योगदान गर्नु पर्छ भन्ने सिकाउँछ । त्यसैका लागि सक्षम नेतृत्वउत्पादन गर्न सघाउँछ ।
विभिन्न नेतृत्वविकाश सम्वन्धि तालिमहरु प्राप्त गर्छ । जस्तै बिजनेस देखि मासमा कसरी बोल्ने भन्ने सीप प्रदान गरिन्छ । यसले हरेक युवामा भएको क्षमतालाई निखारेर ल्याउँछ ।
४– जेसिजमा गरिवलाई स्थानहुँदैन भन्छन् हो ?
यो त अल्लि सुहाँदो तर्क भएन । हामीले जतिपनि सामाजिक कार्यहरु गछौँ,त्यसका लागि एउटा संयोजक तोकेका हुन्छौँ । त्यही संयोजकले आर्थिक संकलन गर्छन । आ–आफ्नो किसिमले जसले जति सक्छ त्यति सहयोग गर्छन । सत्य के हो भने हामीले कतै वाट माग्दैनौं सबै जेसिजले व्यक्तिगत खल्तिवाटै रकम सहयोग गर्छौं ।
तुलसीपुर नगर जेसिजमा हाल आधिकारिक सदस्यहरु ७० जना छौँ । ७० जनामा ५० प्रतिशतभन्दा बढी सामान्य परिवारका व्यक्ति छन् ।
जो चाँही दैनिक काम गरेर जिवीका ेपार्जन गर्छन । त्यसैले जेसिज धनी र पुूँजिपतिको संस्थाहो भन्ने कुरा सही हैन ।
५– अध्यक्षको नाताले वर्ष दिनमा काम गर्ने कस्ता योजना बनाउनु भएको छ ?
सर्वप्रथम मेरो ध्यान तुलसीपुरमा निर्माणाधिन जेसिजको भवन निमार्णपुरा गर्न मै केन्द्रित हुने छ । त्यसपछि बल्ल हामीलाई आफ्नै भवनमा कार्यक्रमहरु सञ्चालन गर्न सहज हुने छ ।
त्यसका साथै युवाहरुमा सकारात्मक सोचको विकाश,नेतृत्व विकाश गराउने विभिन्न प्रकारका तालिमहरु सञ्चालन हुने छन् ।
समन्वयमा उपमहानगरपालिकाभित्रका १९ वटै वडामा विभिन्न सचेतना मुलक कार्यक्रमहरु जस्तै– साइबरक्राइम,लागुऔषध सम्बन्धी सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने छौं ।
त्यस्तै अपांग,अस्क्त व्यक्तिहरुका लागि राहतमुलक कार्यहरु गर्ने,१८ वर्ष भन्दा मुनिका बालबालिकाको समुह गठन गरि तुलसीपुर जुनियर जेसिज गठन गर्न ध्यान दिने छु ।
त्यस्तै स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने मुलमन्त्रलाई आत्मसाथ गरि विभिन्न खेलकुद प्रतियोगीताहरु आयोजना गरिने छ ।उपमहानरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा विपन्न परिवारका बालवालिकालाई छात्रबृति तथा शैक्षिक सामाग्रीहरु प्रदान गर्ने सोचेको छु ।
६–अन्त्यमा मैले केही सोध्न छुटाएकी ?
जेसिजले अहिले सम्म जति पनि सामाजिक कार्यहरु गरेको छ, त्यसमा मिडियाको पनि महत्वपूर्ण साथ र सहयोग रहँदै आएको छ ।
समाज विकाश र परिवर्तन गर्ने अभियानमा सबैले हातेमालो गर्न जुरुरी छ । एउटा युवालाई सही बाटोमा ल्याउने काम हामी सबै मिलेर गर्नु पर्छ ।
परिवर्तन आफुबाट नै सुरुवात गर्दा राम्रो हुन्छ । धन्यवाद ।