दाङ,माघ २२ । प्रहरीले देउखुरीको पटौनी नाकावाट चोरीको काठ बरामद गरेको छ ।
राजपुर गाउँपालिका वडा नं. ७ पटौनी स्थित मारुलीखोलावाट अवैद्य रुपमा निकासी गर्दै गरेको काठ बरामद भएको थियो ।
गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको टोलीले बुधवार विहान साढे १ बजे उक्त काठ बरामद गरेको हो । काठ तस्करीमा सम्लग्न व्यक्तिहरु भने फरार भइसकेको हुँदा पक्राउ गर्न नसकिएको पनि प्रहरीले बताएको छ ।
वरामद भएको काठ आवश्यक कारवाहीको लागि सव–डिभिजन कार्यालय गढवाको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले बरामद गरेको काठको परिमान र काठको प्रकृतिबारे भने कुनै जानकारी दिएको छैन ।
प्रकाशित मिति : २०७६ माघ २२ गते बुधवार