२०८१ असोज २५ गते शुक्रवार

प्रमोद खरेललाई झम्के साँझ सम्म दर्शकको साथ


घोराही,माघ २१ । घोराही महोत्सवको बाह्रो दिन नेपाली सांगितिक क्षेत्रका चर्चित गायक प्रमोद खरेललाई मंगलवार दर्शकले झम्के साँझ पर्दासम्म पनि साथ दिए ।

खरेलले गीतहरु गाउँदा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । खरेलाई नाचेर गाएर अनि हुटिङ गरेर दर्शकले झुमुक्क साँझ परिसक्दा समेत साथ दिएका थिए । तैपनि मञ्चबाट उनले विदा हुन खोज्दा दर्शकहरुले वान्स मोर भनिरहेका थिए । दर्शकहरुको आग्रपछि खरेलले झम्के साँझ परेपनि थप दुई वटा गीत गाए ।

२५ जनाले रक्तदान गरे
महोत्सवमा १२ दिनसम्म २५ जनाले रक्तदान गरेको महोत्सव प्राथमिक स्वास्थ्य उपसमिति संयोजक सुशिला पौडेलले जानकारी दिएकी छन् । मंगलवार दुई जनाले रक्तदान गरेको उनले बताइन । चार सय बढीले स्वास्थ्य परिक्षण गरे महोत्सवमा कुल चार सय २१ जनाले स्वास्थ्य परिक्षण गरेका छन् । उनीहरुलाई विभिन्न प्रकारको प्राथमिकत उपचार गरिएको महासचिव टिकादत्त खनाल ‘सागरल’ले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ माघ २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *