यमकला भुसाल,
तुलसीपुर,माघ २१ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १८ बिजौरीमा रहेको नयाँ पाईला पुर्नस्थापना केन्द्रको पाचौँ वार्षिक उत्सव मनाइएको छ । संस्थाका अध्यक्ष सरद थापाको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महिला अधिकारीकर्मी सुष्मा गिरीले केन्द्रले समाज सुधारका लागि सेवामुखी भावले गरिरहेको काम प्रसंशा योग्य रहेको बताइन ।
‘संस्थाले नाफामुखी होइन,समाज परिबर्तन गर्न सेवामुखी भावले काम गर्नु पर्छ,’ गिरीले भनिन् ‘ मलाई विश्वास छ केन्द्रले त्यही गरिहरेको छ।’
केन्द्रले एउटा व्यक्ति सुधार्नु भनेको त्यसले प्रत्यक्ष रुपमा समाज र राष्ट्रलाई नै टेवा पुर्याउने तर्क गरिन । कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक सुरेस भुसालले आफुहरु लागु औषधको सेवन तथा दुव्र्यशनी रोक्न कटिबद्ध रुपमा लागि परेको बताए । केन्द्र त्यसमा ८५ प्रतिशत सफल भएपनि परिवारको असहयोगका कारण १५ प्रतिशत सफल हुन नसकेको बताए ।
हाल केन्द्रमा ४० जना व्यक्ति उपचारार्थ र ८ जना दिवा सेवा (प्ररिक्षणकाल) को रुपमा रहेको जानकारी दिए । दाङमा हाल १० वटा पुर्नस्थापना केन्द्र रहेको छन् ।
कार्यक्रममा संस्थाका मनोविर्मशकर्ता शैलेश शर्मा,संस्थाका कार्यालय प्रमुख मिना आचार्य,साक्षीखबर पत्रिकाका प्रधानसम्पादक सुनिलकुमार पोख्रेल,जनता संस्कृत माविका शिक्षक शंकर आचार्य लगाएतले नयाँ पाइलाले थप सक्रिता पूर्वक दुव्र्यसनी न्यूनिकरणमा भूमिका खेल्न सकोश भन्ने शुभकामना दिएका थिए ।
त्यस अवसरमा जनता संस्कृत मावीमा अध्ययनरत ५ जना असाय बालबालिकालाई कापी, कलम, झोला, सिसाकलम लगाएतका सामाग्री प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण केन्द्रका प्रेस सल्लाहाकार गोर्कण पौडेलले गरेका थिए ।