दाङ,माघ २१ । थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले माघ महिना भित्रै सांसद रेशम चौधरीलाई जेल मुक्त नगरिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् । मंगलवार दाङको तुलसीपुरमा पत्रकार घेटघाट कार्यक्रममा संयोजक थारुले सांसद चौधरी लगाएत ११ जना बन्दीहरुलाई रिहा नगरे आन्दोलन चर्काउने चेतावनी दिएका हुन ।
प्रधानमन्त्रीलाई भेटेर आफुहरुले १५ दिने अल्टिमेटम सहतिको माग पत्र बुझाइ सकेको भन्दै संयोजक थारुले आफ्नो मागको बेवस्ता गरे पहिचान पच्छेधरहरुको पहलमा फागुन १ गते धनगडीवाट सामुहिक आमरण अनसन थाल्ने बताए । त्यसमा जेलमा बस्दै आएका परिवारका सदस्यपनि सामेल हुने उनले बताए ।
थारुहरुमाथि कम्युनिष्ट सरकारले अन्यायय गरेको, न्याय दिन नचाहेको उनले आरोप लगाए । प्रधानमन्त्री केपी ओलीको निरुङकुशता र ज्याजती सहन सक्ने अवस्था अब नभएको हुँदा आन्दोलनमा जानुपर्र्न स्थिति आएको उनले जिकिर गरे । प्रधानमन्त्रीलाई सबैभन्दा भ्रष्ट, राष्ट्रघाती र जनजाति विरोधी भएको भन्ने जस्ता आरोप लगाउँदै संयोजक थारुले पहिचान पक्षधरको हक अधिकार कम्युनिष्ट सरकारले कुन्ठित गर्दै आएको दोषारोपन गरे ।
थारु समुदायले न्याय नपाएको हुँदा त्यसैको लागि फेरि आन्दोलन गर्नु बाध्यता भएको तर्क गरेपनि उनले आफुहरु शान्ति र सदभाव खलबल्याउने पक्षमा भने नरहेको स्पष्ट पारे । संविधान अपुरो र अधुरो रहेको दाबी गर्दै संयोजक थारुले संशोधन नभए कुनैपनि हालतमा स्वीकार्य नहुने बताए । अहिलेको संविधानले लोकतन्त्र र गणतन्त्र संस्थागत नहुने उनले जिकिर गरे ।