निशान भट्टराई,
घोराही, माघ २१ । सिभिल बैंक घोराहीले सरकारी तथा निजी संघ, सस्थाका कर्मचारी र शिक्षकहरुले पाउने तलब बैंकमा खाता खोलेर जम्मा गरेमा उपचार बाफतको रकम दिन सुरु गरेको छ । बैंकले मावि हापुर निघुवारका शिक्षक गिरिराज पौडेललाई उपचार बाफतको ७३ हजार ४ सय ४० रुपैंया प्रदान गरेको छ । बैंकले मंगलवार बिद्यालयमा एक कार्यक्रमका बीच पौडेललाई उपचार बाफतको उक्त रकम सहितको चेक हस्तान्तरण गरेको हो ।
त्यसक्रममा घोराहीका बैक शाखा प्रबन्धक बिनय न्यौपाने, अप्रेसन इञ्चार्ज सशि केसी र कर्जा प्रबन्धक महेश दाहाल, बिद्यालयका प्रधानाध्यापक अर्जुन कुमार न्यौपानेले संयुक्तरुपमा सो रकमको चेक प्रदान गरिएको हो ।
पौडेलसहित सोहि बिद्यालयका २९ जना शिक्षक,कर्मचारीले सिभिल बैंकमा सिभिल सम्मान बचत खाता खोलेर तलब बुझ्दै आएका छन् । सिभिल बैंकले आफ्नो बैंकमा खाता खोल्ने कुनैपनि संघ संस्थाका कर्मचारीलाई तलब जम्मा गरेमा एक बर्षको औषधि उपचार बाफतको १ लाख रुपंैया सम्म दिने गरेको शाखा प्रबन्धक न्यौपानेले जानकारी दिए ।