२०८१ असोज २९ गते मङ्गलवार

डाँगी जस्ता व्यक्तिको सीपको कहिले सम्मान होला ?

नन्दराम खड्का, होलेरी,माघ २१ । रोल्पाको रुण्टीगढी गाउँपालिका ५ मा जस्पुर कुलबहादुर डाँगी जन्मेदेखि नै बोल्न सक्दैनन् ।

जिब्रो चल्दैन। दुबै खुट्टापनि चल्दैनन्। उनी सांकेतिक भाषामा कुरा गर्छन । ४० बर्षीय डाँगीसंग अदभूत कला भने छ ।

\उनले कुनैपनि बस्तुको दुरुस्तै आकृतिहरु निर्माण गर्न सक्छन् । उनले बाँसको चोयावाट विभिन्न सुन्दर बस्तुहरु निर्माण गर्छन । घर, मन्दिर, हवाई जहाँज, मानिस, चराहरु लगाएतका आकृतिहरु निर्माण गर्ने विचित्रको क्षमता डाँगी संग छ ।

आफ्नो छोराको सिप र क्षमतालाई प्रचारप्रसार गर्ने चाहाना सउनका बुवा इन्द्रबहादुर डाँगीको छ। ‘चिन्ता यही छोराको छ, यसको सिप र क्षमताको प्रचार प्रशार हुन सके जीवन यापनमा सहज हुन्थ्यो होला,’ बाबुले भने ।

रुण्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले कुलबहादुर डाँगी जस्ता व्यक्तिलाई सम्मानजनक काम दिने गरि स्थानीय सरकारले छिट्टै निर्णय गर्ने बताए ।

उनले गाउँपालिकाको पर्यटन बिकाश गर्न चिनो स्वरुप डाँगीले निर्माण गरेका सामाग्री बेच्न सकिने तर्क गरे ।

 

 

प्रकाशित मिति : २०७६ माघ २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *