राजेश खत्री,
दाङ,माघ २० । सोमवार लोकपृय गायक प्रमोद खरेलले आफ्नो चर्चित गीत ‘चल बताँस चल–चल अझैं बेगले चल’ गाउँदै गर्दा तुलसीपुर महोत्सव स्थलमा हावा मन्द गतिको थियो । बताँस भन्न लायकको थिएन । तर जव प्रमोदले ‘प्रेमिल’ उक्त गीत गाउन थाले युवा युवतीहरुको जोशले महोत्सव स्थलमा बताँस चल्न थाल्यो । प्रमोदको गीतमा दर्शक यति रमाए, यति उफ्रेकी र नाँचेकी त्यही बाट बताँस चल्न सुरु भएझैं भयो । त्यो बताँसको बेग स्टेज सम्म नै पुग्यो । बताँसले गायक प्रमोदलाई पनि ढपक्कै छोप्यो । दर्शकको अपार माया र साथले गायक प्रमोद झनैं पुल्कित बने । प्रमोदले गाउँदा गाउँदै दर्शकसंगै भिडियो खिचे । सेल्फि खिचे । झनै उमंगले गाय ।
म विना कसै कसैलाई मुस्किल छ पोखरामा… ओई झुमा ओई झुमा– झुमा झुम्का वाली…ओई झयालवाट हेर …यो कुरा गोप्य नै राखौंला… बोलको गीत गाउँदा दर्शकहरु निकै रमाएका थिए ।
सोमवार तुलसीपुर महोत्सवमा गायक हरि विष्ट, करण न्यौपाने, रेष्मा पुन, अमित परियार, ऋतु तामाङ ,मोडेल अस्मिता राना, कृति पाण्डे, मोडेल एव डान्सर आशा विक, उषा विक लगायतका कलाकारहरुले प्रस्तुति राखेका थिए ।
तुलसीपुर महोत्वस भोलि समापन हुने
यसअघि माघ १० गतेदेखि २० गते सम्म सञ्चालन हुने भनिएको महोत्सवको एक दिन म्याद थप गरिएको छ । मंगलवार महोत्सव सकिने आयोजक संस्था तुलसीपुर उद्योग वाणिज्य संघका पदाधिकारीले जानारी दिएका छन् ।
महोत्सवमा अन्तिमदिन मंगलवार गायिक आश्था रावत, गायक मिस्टर आर जे, गायिका टीका प्रसाई,डिला बस्याल, गायक सनि विश्वकर्मा लगायतका कलाकारहरु आउने भएका छन् ।
५ लाख दर्शकलाई अवलोकन गराउने लक्ष्यसहित महोत्सव आयोजना गरिएको हो । नेपाल भ्रमण बर्ष २०२०लाई सफल पार्न महोत्सव सहयोगी बनेको आयोजक संस्था तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर रावतले बताए ।