२०८१ साउन ९ गते बुधवार

घर्तीलाई साढे १५ लाख धरौटीमा छोड्न आदेश


तुलसीपुर, माघ २० । देव बैंकको १८ करोड हिनामिना गरेको अभियोगमा पक्राउ परेका मध्य रामबहादुर घर्तीलाई अदालतले धरौटीमा छोड्न आदेश दिएको छ । उच्च अदालत तुलसीपुरले सोमवार घोराही उपमहागरपालिका वडा नं. – १७ निवासी घर्तीसंग साढे १५ लाख रुपैंया धरौटीमा छोड्न आदेश दिएको हो ।

न्यायाधिश ऋषिराम दवाडी र शालिग्राम कोइरालाको संयुक्त इजाशले उक्त आदेश दिएको छ ।
नारायणपुरस्थित देव विकाश बैंकको रकम हिनामिना प्रकरणमा सियो खिमबहादुर डिसी सहित ४९ जना विरुद्ध मुद्दा परेको थियो । त्यसमध्य अझैं सात जना फरार रहेका छन् ।

हालसम्म धरौटीमा ३८ र साधारण तारेखमा ५ जना छुटिसकेका छन् । बैंक म्यानेजर शमिर बुढाथोकी सहित ६ जना पूपक्षका लािग थुनामा रहेका छन् ।

प्रकाशित मिति : २०७६ माघ २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *