झुपी बुढा क्षत्री, हापुरे,माघ २० । दुबईमा भवन निर्माणका क्रममा दुबईमा लडेर मृत्यु भएका पश्चिम दाङका एक युवाको परिवारलाई सहयोगका लागि गाउँलेले सहयोग संलकन गरेका छन् ।
बबई गाउँपालिका वडा नं. ५ बबरपुर निवासी ३५ बर्षीय सोमराज वलीको दुबईमा माघ १२ गते भवन निर्माणका क्रममा लडेर मृत्यु भएको थियो । २ बर्ष पहिले रोजगारीको सिलसिलामा वली त्यहाँ पुगेका थिए ।
सोमराज दुबई पुगेको १३ महिनामा उनकी पत्नि ३२ बर्षीया खिमा वली रुखबाट लडेर आधा शरिर नचल्ने अवस्थामा छिन् । छोराले कक्षा ९मा पढ्छन् छोरीले ११ कक्षामा । त्यही भएरपनि वली पत्निको उपचारको रातदिन श्रममा जोतिन वाध्य थिए । तर, दुभाग्य विल्डिङ्ग् कन्ट्रसनमा काम गर्ने क्रममा सोमराज माघ १२ गते भबनबाट लडेर गम्भीर घाईते भए ।
वलीको उपचारको क्रममा निधन भयो । वली परिवारमाथि एक पछि अर्कौ बज्रपात पर्यो । छर छिमेक र समाज यस्तैमा चाहिन्छ । विपत परेको समयमा साथ र हात । ज्यूँदाको जन्ति र मर्दाको मलामी त्यसै छिमेकीलाई भनिएको हैन ।
वलीको परिवारमाथि परेको बज्रपातलाई समाजले त्यही रुपमा हेरेर साहानुभुति मात्रै व्यक्त गरेन । टुलुटुलु हेरस समाज बसेन । बरु सहयोगी हातहरु अगाडि बढायो । वली परिवारको चहराई रहेको घाऊमा थोरै भएपनि मलमपट्टी लगाउने अभियानमा समाज जुट्यो ।
स्वस्फूर्त रुपमा आपसमा रकम संलकन सुरु भयो । आज त्यो अभियान अन्तरगत झन्डै ३ लाख जति संकलन भइसकेको अनुमान छ । एकलाख जति नगद बैंकमा जम्मा भएको छ ।
नेपाल बंगलादेश बैंकको हापुरे शाखामा मृतक वलीकी पत्नि खिमा र बहनी गोमाको संयुक्त खाता खोलिएको छ । जस्ले पनि स्वच्छिक रुपमा ०६४००३७११ मा जम्मा गर्न सक्छ । वली परिवारले रुख बाट लडेर आधा शरिर नचल्ने अवस्थाकी खिमाको उपचारका लागि सहयोगको याचना भने औपचारिक रुपमा गरेको छैन । उनीहरु संग उपचार गराउन पुग्ने आवश्यक रकम पनि छैन ।
त्यो देखेरै समाज स्वस्फूर्त रुपमा सहयोग संकलनमा जुटेको हो । ‘एक थुकी सुकी धेरै थुकी नदी’ भने झैं स्थानीयहरुले स्वच्छिक रुपमा वलीको उपचारका लागि रकम संकलन सुृरु गरेका हुन । जो निकै उदाहरणिय कार्य हो ।