तुलसीपुर,२० माघ । तुलसीपुरमा रहेको संस्कार पाठशालामा अध्ययन गर्ने न्युसन खनालले साथीहरुसँग मिलेर वनाएको आगो लाग्दा स्वतः वज्ने फायर अलार्मका वारेमा अभिभावकलाई उनले सम्झाई रहेका थिए ।
“आगो लागेको सजिलै थाहा पाएर वचाउन सकियोस् भनेर यो वनाएको हो ” उनले भने । साना साना विद्यार्थीले वनाएका विभिन्न प्रदर्शनीले अभिभावकहरु निकै चकित भएका थिए ।
उनीजस्तै एलिसा वस्नेतले पनि साथीहरुसँगै मिलेर वनाएको वाकीटकी धेरैले मन पराएका थिए ।
“एकैपटक धेरैमान्छेसँग कुरा गर्नुपर्दा यसको आवश्यकता पर्दछ ” उनले अभिभावकहरुलाई सम्झाई रहेकी थिइन् ।
संस्कार पाठशालामा अध्ययन गर्ने विज्ञान क्लवका विद्यार्थीहरुले कितावमा पढेका कुरालाई व्यवहारमा उतारिरहेका थिए । विद्यालयका खेलकुद तथा विज्ञान विषयका संयोजक रमाकान्त शर्माले उनीहरुलाई सहयोग गरेका थिए ।
“विद्यार्थीमा नयाँ कुरा खोज्ने वानीको विकास होस् भन्नका लागि यो प्रदर्शनी गरिएको हो ” संयोजक शर्माले भने ।
विद्यार्थीहरुले सो अवसरमा एलपि ग्याँस, वाढी आएको वेलामा वज्ने अलार्म, म्याजिक मिरर लगायतका विभिन्न विज्ञानसँग सम्वन्धि कुराहरु प्रदर्शन गरेको विद्यालयका शैक्षिक संयोजक रवि चापागाईले जानकारी दिए ।
सो अवसरमा विद्यार्थीहरुले वनाएका विभिन्न कलात्मक कुराहरु समेत प्रदर्शन गरिएको थियो । विद्यार्थीहरुले वनाएका विभिन्न कलात्मक चित्रका साथै वस्तुहरु समेत प्रदर्शनमा राखिएको थियो ।
विद्यालयका कला शिक्षक खगेश्वरी भण्डारीको सहयोगमा विद्यार्थीहरुले विभिन्न देशभक्तिका साथै पर्यटकीय जानकारी दिने चित्रहरु प्रदर्शन गरेका थिए । विद्यार्थीहरु किर्तिका शाह, किरण केसी, निश्चल ज्ञवाली, हेमन्त खड्का, अर्नव जोशी, मनिषा केसी, विमल वली लगायतको सहभागिता रहेको थियो ।
विद्यालयले विद्यार्थीको सृजनशिलताको विकास गर्नका लागि नियमित रुपमा प्रदर्शनी गर्दै आएको पनि शैक्षिक संयोजक चापागाईले जानकारी दिए ।