२०७७ मङ्सिर १४ गते आइतवार

नियमित विद्यालय नआउने शिक्षकलाई कारवाही गर्ने चेतावनी

शंकर केसी, सल्यान, मंसिर ३ ।
कपुरकोट गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले नियमित विद्यालय नआउने शिक्षकलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।
सोमवार वडा नम्बर ६ का तीन वटा विद्यालयमा पुगेको गाउँपालिकाका अध्यक्षसहितको अनुगमन टोलीले त्यस्तो चेतावनी दिएको हो ।
त्यस्तै विद्यालय छाड्ने विद्यार्थीको बारेमा चासो दिन र अभिभावक तथा स्थानीय तहलाई त्यसको जानकारी दिन उनले आग्रह गरेका छन् ।

‘शिक्षा क्षेत्रमा लापरवाही भयो भने विद्यार्थीको भविष्य चौपट हुन्छ,’ अध्यक्ष सेनले भने ‘ त्यसले हाम्रो समाज सधै पछाडि पर्ने खतरा रहन्छ । त्यसैले शिक्षक गम्भीर बन्न आवश्यक छ ।’ कपुरकोट ६ सिनवाङमा रहेको सिद्ध आधारभुत विद्यालय ढाँर, भवानी मावि छाँयानाथ र सरस्वती आधारभुत विद्यालय रातामाटामा पुगेका सेनले विद्यालय नजिकमा मदिरा पसल सञ्चालन गर्न, जुवा, तास, क्यारेम बोर्ड खेल्न प्रतिवन्ध लगाउन विद्यालय व्यवस्थापन समिति र वडा अध्यक्षलाइ निर्देशन समेत दिएका छन् ।

यसैबीच कपुरकोट गाउँपालिकाभित्रका विद्यालयमा भौतिक पूर्वाधारको अभाव देखिएको छ । भवन, सौचालय, फिल्ड, तारवार लगाएतका पूर्वाधार निर्माण हुन नसक्दा पठनपाठनमा समस्या हुने गरेको हुँदा त्यसको व्यवस्थापनको लागि विद्यालय प्रशासनले गाउँपालिका अध्यक्षको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस
  1. tika says:

    हाम्रै सर बिदा हालेर तीन बर्स मलेसिया सुगुरको गुहु सोहर्न गएको याद छ । अहिले सम्म यस्ता कति छन कत घण्टा लाई कार्बाही गर । भुक्ने कुकुर ले टोक्दैन लौ जा ।तिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *