२०८१ असार ३१ गते आइतवार

नेकपामा वामदेव गौतम उपाध्यक्ष भए


काठमान्डौं, माघ १९ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा वामदेव गौतम उपाध्यक्ष भएका छन्।नेकपा सचिवालय सदस्य समेत रहेका गौतमलाई आइतबार केन्द्रीय कमिटी बैठकले उपाध्यक्षमा पारित गरेको हो ।

महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन र सांगाठानिक प्रतिवेदन पारित भएपनि गौतम उपाध्यक्ष बनेका हुन्। यसअघि गत साउनमा नेकपाको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो।

उक्त निर्णयलाई स्थायी कमिटी बैठकले पनि पारित गरेको थियो । नेकपा केन्द्रीय कमिटीबाट संगठानात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।

बैठकले नेताहरूको सम्पत्ति छानविन गर्ने निर्णय पनि गरेको छ । केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले नेताको सम्पत्ति छानविन हुनु पर्ने माग गरेपछि अनुशासन समितिलाई छानविनको जिम्मा दिइएको छ।

प्रकाशित मिति : २०७६ माघ १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *