२०८१ असोज २५ गते शुक्रवार

लुटेराले मुखमा कपडा कोचिदिए पछि एक बृद्धको मृत्यु

दाङ,माघ १९ । लुटेराले मुखमा कोचिदिएको कपडाका कारण रोल्पामा एक जेष्ट नागरिकको मृत्यु भएको छ । जिल्लाको परिवर्तन गाउँपालिका वडा नं. ६ भनभने निवासी ७२ बर्षीय बलबहादुर बुढाको लुटेराले मुखमा कपडा कोचिदिएका कारण मृत्यु भएको प्रहरीले बताएको छ ।

घटना माघ १६ गते रातिको हो । करिव १० बजेको समयमा लुटेराहरुको एक समुह बुढाको घरमा लुटपाट गर्न गएको समयमा ७२ बर्षीय बुढा र उनकी ७० बर्षीय पत्नि कवँली बुढालाई हातखुट्टा बाँधेर मुखमा कपडा कोचेर लुटपाट गरेको थियो । त्यही कारण बलबहादुर बुढाको मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङले जानकारी दिए ।

बुढाको दम्पत्ति निसान्तान थिए । दम्पत्ति मात्रै घरमा बस्दै आएका थिए । बुढा दम्पत्तिलाई परेको विपत कसैलाई थाहाँ भएन । माघ १७ गते रातको झन्डै ९÷१० बजेतिर मात्रै छिमेकीले त्यो कुरा थाहाँ पाए । बत्ति नबलेको देखेपछि हेर्न गएका छिमेकीले हातखुट्टा बाँधेको अवस्थामा फेला परेका बुढाका दम्पत्तिको उद्धार गरेतापनि त्यतिबेला बलबहादुरको मृत्यु भइसकेको थियो ।

लुटेराहरुको उक्त समुहले बुढाको घरवाट करिव एकलाख नगद र साढे दुई तोला जति सुन लगेर गएको डिएसपी गुरुङले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ माघ १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *