२०८२ असार २७ गते शनिवार

समृद्धिका लागि गणस्तरिय शिक्षा नै आधार : शर्मा


दाङ, माघ १८ । दाङको रामपुरमा रहेको विलियम शेक्सपियर अग्रेजी विद्यालय रामपुरले २६औं वार्षिक उत्सव शनिवार मनाएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनालको सभापतित्व एंव प्रदेश नं.५ का प्रदेशसभा सदस्य रेवतिरमण शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश सदस्य शर्माले समृद्ध समाज निर्माणका लागि गुणस्तरिय शिक्षाको आवश्यकता रहेको बताए ।सामुदायिक र संस्थागत विद्यालयहरु बीचको मित्रवत् ब्यवहारबाट नै गुणस्तरिय शिक्षा प्रवद्र्धनमा सहयोग पुग्ने उनले बताए ।

विद्यार्थीलाई राजनीतिमा लगाउने र शिक्षकबाट पार्टी चलाउने अवस्था अव नरहेको भन्दै शर्माले दक्ष जनशक्ति उत्पादनमा अवको शिक्षा केन्द्रित हुनु पर्नेमा जोड दिए । कार्यक्रमका बिशिष्ट अतिथि घोराही उपमहानगरपालिका वडा नं २ का वडा अध्यक्ष केशवराज आचार्यले संस्कार सहितको गुणस्तरिय शिक्षा आजको आवश्यक्ता भएको बताए ।

कार्यक्रमका अर्का बिशिष्ट अतिथि घोराही उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत नारायणप्रसाद पौडेलले विद्यालयले वालमैत्री र अभिभावक मैत्री वातावरणमा शिक्षण गर्नुपर्ने जोड दिए । कार्यक्रममा ज्योतिपुञ्ज आवासिय माध्यमिक विद्यालय प्रालिका अध्यक्ष हेमराज शर्माले अशल शिक्षकले भविष्यका लागि योग्य, दक्ष र असल नागरिक उत्पादन गर्न ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : २०७६ माघ १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *