घोराही, माघ १७ । जनवादी गायक जीवन शर्माले भारतीय सेनाहरुलाई कालापानी छोडेर जान आग्रह गरेका छन् । दाङ चेम्बर अफ कमर्सको आयोजनामा घोराहीमा जारी महोत्सवमा गायक शर्माले शुक्रवार आफ्ना गीतहरु मार्फत त्यस्तो आग्रह गरेका हुन ।
शर्माले ‘छोड छोड विस्तारवाद नेपाल भूमी छोड, भारतीय सेनाहरु कालापानी छोड’ बोलको गीत गाउँदा दर्शकहरुले उनको लयमा लय मिलाएका थिए ।
दर्शकले पनि बीच बीचमा भारतीय सेनाहरु कालापानी छोड भन्दै हुटिङ गरेका थिए ।शर्माले बृद्धहरुलाई लक्षित गरी ‘सिमली छाँयामा बसी भरिया लामो सास फेरेको,उमेर भयो ८० झन ठूला दुःख ले घेरेको’ जस्ता गीतहरु प्रस्तुत गर्दा जेष्ट नगरिक मञ्चमै उक्लेर नाचेका थिए ।
‘परेदेशी तिमी फर्केर आउँ है र मधेशी, पहाडी, हिमाली बराबरी’ गीतहरु पनि प्रस्तुत गरे ।
शुक्रवार दंगाली लोकपृय गायक तिलक वली, ढाकाराम पौडेल, रोशन रत्गैयाँ, सुनिता दहित, दिक्षा सुनार लगायतका कालाकारहरुले आफ्ना प्रस्तुती राखेका थिए ।
शनिवार कमला घिमिरे र दुर्गेस थापा आउने
महोत्सवमा शनिवार चर्चित बाल कलाकार कमला घिमिरे र युवा पुस्तका लोकप्रिय गायक दुर्गेस थापा आउने भएका छन् ।बाल कलाकार प्रिन्स लम्साल र कमला घिमिरेबीच घम्साघम्सी दोहोरी हुने महोत्सव प्रचार प्रसार समितिका संयोजक कुमार राज श्रेष्ठले जानकारी दिएका छन् ।
शुरुका दिनहरुको तुलनामा पछिल्ला दिनहरुमा दर्शकहरुको संख्या बढेको चेम्वर अफ कमर्स दाङका अध्यक्ष श्रीधर महराले बताए ।
महोत्सवमा रक्तदान
महोत्सवमा शुक्रवार पाँच जना दर्शकहरुले रक्तदान गरेका छन् । घोराही १७ निवासी सिता भण्डारी, तुलसीपुर ५ का रमेश नेपाली, रुकुमकी हिरा पुन मगर, घोराही १३ की रेखा पुन मगर र घोराही १५ दिन खिमा पुन मगररले रक्तदान गरेको चेम्वर दाङकी कार्यसमिति सदस्य एवम् महोत्सव प्राथमिक स्वास्थ्य उपसमितिकी संयोजक सुशिला पौडेलले जानकारी दिइन ।