२०८१ असोज २९ गते मङ्गलवार

तुलसीपुर महोत्सवमा विहीवार थामी नसक्नु भिड


शरद रेग्मी,
तुलसीपुर माघ १७ । तुलसीपुर महोत्सवमा विहीवार थामी नसक्नु मानिसहरु आए । एकाएक सयौं मानिस आएपछि केही एक घन्टा जति टिकट काट्ने क्रार्यक्रम नै बन्द गर्नु पर्यो । ‘एकाएक थामी नसक्नु भिड आयो, जति प्रयास गर्दापनि केही उपाय चलेन त्यही भएर एक घन्टा टिकट नै बन्द गर्नु पर्यो,’ आयोजक संस्थाका एक पदाधिकारीले भने ।

विहीवार वशन्त पञ्चमी अर्थात सरस्वती पूजा भएको हुँदा सार्वजनिक विदाको दिन । विद्यालयहरु बन्द । अधिकाँस विद्यार्थी महोत्सवमा । त्यसमा पनि चर्चित बालकलाकार अशोक दर्जी आए । त्यही भएर भिड थाम्ने सक्ने अवस्था नै भएन ।

महोत्सवको सातौं दिन तुलसीपुरमा झन्डै १० हजार बढी दर्शकले अवलोकन गरेका छन् । भोलि शुक्रवार चर्चित गायक दुर्गेश थापा लगाएतका कलाकर आउने भएको हुँदा उत्तिकै भिड रहने अपेक्षा गरिएको छ । त्यस्तै शनिवारको दिनमा झनैं भिड बढ्ने आशा आयोजक संस्थाको छ ।

कार्यक्रम सञ्चालिका उमादेवी लामिछानेले ‘जयजय सरस्वती, कोटिकोटी नमस्कार’ वोलको भजन गाउँमा दर्शक दिर्घाका स्कूले बालबालिका खुसी देखिएका थिए । दाङका पत्रकार तथा चर्चित कलाकार देवेन्द्र बस्नेतले ‘चिल बस्यो टुप्पैमा’ बोलको गीत प्रस्तुत गर्दा दर्शक झुमेका थिए । रमाएका थिए । त्यो गीत उनका स्वर्गीय पिता कृष्ण बस्नेतको हो । शब्द र स्वर दुबै । थोरै त्यसमा देबेन्द्रले परिमार्जन गरेर पस्केका छन् ।

महोत्सवमा ‘मन विनाको धन ठूलोकी, धन विनाको मन’ बोलको गीत गाउँदा चर्चित बालकलाकर अशोक दर्जीले गाउँदा पुरै माहोल उत्सवमय बन्न पुगेको थियो । लोकपृय गायक तथा लेखक टंक बुढाथोकीले त्यो बाहेक अन्य आफ्ना आधा दर्जन जति गीतहरु प्रस्तुत गरेर दर्शकहरु नचाएका थिए ।

दाङ तुलसीपुरकै अर्का लोकपृय गायक प्रेमप्रकाश वलीको ‘ओखर कांचो छ’ लगाएतका गीत प्रस्तुत गर्दापनि दर्शकहरुले उत्तिकै साथ दिए ।

महोत्सवमा थारु समुदायको ढिक्री र घोघीदेखि नेवार समुदायको परिकार यामोरी,मासको वाराले धेरैको मन जितेको छ । चक्कु,चुलेसीदेखि स्काभेटर सम्म महोत्सवका विभिन्न स्थलहरुमा किन्न पाइन्छ ।

महोत्सवमा सवैभन्दा बढी बालबालिकाको आकर्षण भने वाल उद्धानमा देखिदै आएको छ ।
वाल उद्धान व्यवस्थापन उपसमितिका संयोजक देववहादुर केसीले प्लाष्टिकको पोखरीमा वाल स्वीमिङ गर्ने बालबालिकाको संख्या ठूलो रहेको बताए ।

महोत्सवमा रोटरी क्लव अफ तुलसीपुरले रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । त्यसमा दुइदर्जन भन्दा बढिले रक्तदान गरेको क्लवका अध्यक्ष तथा तुलसीपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष केसीले जानकारी दिए ।

रक्तदानको प्राविधिक व्यवस्थापन नेपाल रेडक्रस सोसाइटीले गर्दै आएको विश्राम अधिकारीले जानकारी दिए । तुलसीपुरमा हुने रगतकोअभावलाइ यसले सहज बनाउने रेडक्रसले अपेक्षा गरिएको छ । महोत्सवमा प्रार्थमिक स्वास्थ्य शिविर र एम्वुलेन्सको पनि व्यवस्थापन गरिएको महोत्सव मुल आयोजक समिति तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपवहादुर खत्रीले बताए ।

विहीवार महोत्सव ल्याइएको हेलिकोप्टर दिनभर उडि नै रह्यो । शुक्रवार सम्म पनि लगभग बुकिई सकिएको जानकारी दिइएको छ ।

विशेषगरी मनोरन्जन र पर्यटनलाइ जोडेर हेलिकोप्टर सेवाको व्यावस्थापन गरिएको महोत्सव मुल आयोजक निर्देशन समितिका निर्देशक विमल रिजालले जानकारी दिए । हेलिकोप्टरबाट तुलसीपुर बजार परीक्रमा गर्न प्रतिव्यक्ति ४ हजार, स्वर्गद्धारी सम्मको यात्रा गर्न १५ हजार, धारापानीको पाण्डवेश्वर मन्दिरका लागि ९ हजार, पुरन्धारा छहराका लागि ९ हजार, खैरावाङ भगवतीको दर्शनका गर्न १५ हजार, कुपिण्डे दहको अवलोकन गर्न २० हजार, रारा दहका लागि ६० हजार रुपंैया भाडा निर्धारण गरिएको छ ।

त्यस्तै एक घण्टाको चार्टर फ्लाइटका लागि १ लाख ७० हजार रुपैंया शुल्क तोकिएको आयोजक समितिका संयोजक विरवहादुर रावतले बताएका छन् ।

प्रकाशित मिति : २०७६ माघ १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *