२०८१ असोज २९ गते मङ्गलवार

कुसुण्डा भाषाकी ‘खानी’ ज्ञानीमैंया कुसुण्डाको निधन

दाङ,माघ ११ । कुसुण्डा भाषाको खानी समान मानिने दाङकी ज्ञानीमैंया कुसुण्डाको निधन भएको छ ।

शनिवार दिउँसा साढे १२ बजेतिर ८५ बर्षीया कुसुण्डाको लमही नगरपालिका वडा नम्बर ६ कुलमोहरस्थित आफ्नै घरमा निधन भएको हो । कसुण्डा भाषाको एक अनुसन्धानकर्ता उदय आलेले ज्ञानीमैंयाको निधनले अतुलनिय क्षति पुगेको बताए ।

दम र उच्च रक्तचापले गर्दा पुस २७ गतेदेखि थलिएकी ज्ञानीमैंयाको उपचार दाङ, बाँके लगाएका अस्पतालहरुमा भएको थियो । उपचार संभव नभएपछि उनलाई केही दिन पहिले मात्रै घर ल्याइएको थियो ।

लोपउन्मुख कुसुण्डा भाषा पूर्ण रुपमा जान्ने व्यक्ति देशभर जम्मा दुईजना मात्रै थिए । त्यसमध्य ज्ञानीमैंया मुल स्रोत व्यक्तिको रुपमा रहेकी थिइन । अन्तिम समयसम्म पनि ज्ञानीमैंयाले नयाँ पुस्तालाई घरमै कुसुण्डा भाषा सिकाउने गर्दै आएकी थिइन ।

केही विदेशीहरु समेत ज्ञानीमैंयाको घरमै बसेर कुसुण्डा भाषा सिकेका थिए । उनीहरुले ज्ञानीमैंयाको बृत्तचित्र समेत निर्माण गरेका छन् । अनुसन्धानकर्ता आले र केही विदेशी नागरिकले पनि उनको बारेमा कितावहरु लेखेका छन् ।

आफ्नो भाषा संरक्षणमा सधैँ चिन्ता व्यक्त गर्ने ज्ञानिमैयाको निधनले भाषा नै लोप हुने चिन्ता थपिएको आलेले बताए ।

 

 

 

प्रकाशित मिति : २०७६ माघ ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *