Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


तुलसीपुरदेखि पुरन्धारा झरनासम्मको साईकल टुर



तुलसीपुर, माघ ११ । मानविय जीवनमा साईकलको महत्व बुझाउन शनिवार तुलसीपुरदेखि पुरन्धारा झरनासम्मको साईकल टुर सुरु गरिएको छ । तुलसीपुर निवासी दाङ जिल्ला साईक्लिङ संघका उपाध्यक्ष खुमबहादुर न्यौंपानेले तुलसीपुर,घोराही र बाँकेका साईकिलिष्टहरु समेत गरि झन्डै तीन दर्जनजति सहभागि रहेको जानकारी दिए ।

तुलसीपुरदेखि पुरन्धारा झरनासम्मको दुरी ३० किलोमिटर छ । जान आउँदा त्यो ६० किलोमिटर हुन्छ । साईकिलिङले मानविय स्वास्थ्यमा लाभ पुग्नुका साथै वातवरणको प्रदुशन समेत रोक्ने दाङ जिल्ला साईकिलिङ संघका अध्यक्ष रेशम केसीले बताए । घोराही निवासी उनले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न अभियानले महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरे ।

शनिवारको साईकल टुरमा बाँके साईकिल क्लवका सचिव सुरेन्द्रदिप कार्कीसहित चारजना र्यालीका लागि दाङ आएका छन् । उनले साईक्लिङ गर्नु स्वास्थ्यको लागि सबैभन्दा उत्तम भएको बताए । सामाजिक रुपमा पनि साईकलनको एकदमै धेरै महत्व रहेको हुँदा राज्यले छुट्टै साईकल लेनहरुको विकाश गर्न ध्यान दिनुपर्ने उनको भनाई छ । ठूला गाडिले हेप्ने र पेल्ने गर्ने गरेको उनले बताए ।

सडकहरु साईक्लिङका लागि असुरक्षित रहेको हुँदा छुट्टै साईकल लेन निर्माण गर्न आवश्यक रहेको उनको तर्क छ । साईकल ¥याली फर्कदा दंगिशरण गाउँपालिकाको चखौरास्थित थारु संग्राहलयमा पनि प्रवेश गरेर फर्कने छ ।

साइकल ¥याली तुलसीपुरको वीपी चोकवाट विहान ९ बजेतिर सुरु भएको हो । उक्त ¥यालीलाई तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावत, सविच विनिल केसी, पूर्व अध्यक्ष विमल रिजाल, संघका सदस्य यज्ञबहादुर केसी लगाएतले सहभागि सबैलाई शुभकामना दिएर विदाई गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal