२०८२ असार २७ गते शनिवार

प्रदेश ५ बाट निर्वाचित राष्ट्रियसभा सदस्ले कस्को मतभार कति रह्यो ?


दाङ,माघ ९ । प्रदेश नम्बर ५ बाट राष्ट्रिय सभाका तीन वटै सदस्यमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) बिजयी भएको छ । प्रदेश नम्बर ५ बाट नेकपाका तीनै उम्मेदवार बिजयी भएका हुन् । तीन सदस्यका लागि यो प्रदेशबाट ९ जना चुनावी मैदानमा भिडेका थिए ।

खुल्ला तर्फ नेकपाका गोपाल भट्राई बिजयी भए । उनी ५ हजार ३ सय ८२ मतभारका साथ विजयी भए । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका बालकृष्ण पाण्डेले २ हजार ५२ मतभार प्राप्त गरे । त्यसैगरि अपांगता तर्फ नेकपाका जगप्रसाद शर्मा विजयी भएका छन् । ५ हजार ४ सय २४ मतभारका साथ उनी बिजयी भएका हुन् । उनका प्रतिष्पर्धि कांग्रेसका मेहराज अहमद हलवाईले १ हजार ९ सय ८६ मत भार पाए ।

त्यसैगरि महिला तर्फ पनि नेकपाकै बिमला घिमिरे निर्वाचित भईन् । उनले ५ हजार ७ सय ७८ मतभारका साथ निर्वाचित भइन् । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसकी गिरीजादेबी न्यौपानेको मतभार २ हजार १ सय रह्यो । प्रदेश नम्बर ५ मा राष्ट्रियसभा सदस्य चयनका लागि भएको निर्वाचनमा ३ सय ३ मत खसेको थियो ।

प्रकाशित मिति : २०७६ माघ ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *