२०८१ असोज २९ गते मङ्गलवार

विप्लवका तीन नेता सविन,प्रदिप र पाटन पुन: पक्राउ


घोराही, माघ,८ । नेत्रविक्रम चन्द ‘बिप्लव’का तीन जना नेताहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले पुन पक्राउ गरेको छ । दाङ देउखुरी जिल्ला अदालतको पुस ७ गतेको आदेश अनुसार जनही १५÷१५ हजार रुपैंया धरौटी बुझाएर रिहा भएका उनीहरुलाई प्रहरीले अदालतको गेटबाटै बुधवार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बिप्लव नेतृत्वका नेकपाका राप्ती ब्यूरो कार्यालय सचिव सदस्य डिल्लीराज शर्मा ‘सविन’, दाङ जिल्ला सेक्रेटरी प्रदिप वली र युवा संगठनका केन्द्रीय अध्यक्ष बविन केसी ‘पाटन’ रहेका छन । पक्राउ परेका उनीहरुलाई संगठित रुपमा राज्य विरुद्धको अपराधमा मुद्दा चलाइएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज विरजंगसहित उनीहरु असोजको ३० गते राजपुर गाउँपालिका–४ मुंगे्रठाबाट पक्राउ परेका थिए । पक्राउ परेका २१ जना बिप्लवका नेता तथा कार्यकर्ताहरु मध्य १३ जनालाई यसअघि नै प्रहरीले पक्राउ गरि विभिन्न जिल्ला पठाइसकेको छ । जिल्ला अदालतले उनीहरुलाई धरौटीमा छोड्न आदेश दिए लगतै प्रहरीले पुनः पक्राउ गर्दै आएको छ ।

प्रकाशित मिति : २०७६ माघ ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *