२०८१ बैशाख ८ गते शनिवार

कर्णाली प्रदेश विकास परिषदको पहिलो वैठक माघ १० गते


सुर्खेत, माघ ८ । कर्णाली प्रदेश विकास परिषदको पहिलो वैठक माघ १० गते वस्ने भएको छ । कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश २०७५ को दफा ७ को प्रावधान वमोजिम गठित प्रदेश विकाश परिषदको वैठक पहिलो पटक वस्न लागेको हो ।

परिषद अध्यक्ष मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा वस्ने वैठकमा प्रदेश योजना आयोगले तयार गरेको कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योेजनाको मस्यौदाका वारेमा सदस्यहरुको सुझाव तथा मार्गदर्शन लिईने योजना आयोगका सदस्य डा.दिपेन्द्र रोकायाले जानकारी दिए ।

कर्णाली प्रदेशको विकास र समृद्धिको मार्गचित्रका रुपमा योजना आयोगले तयार गरेको प्रथम पञ्चवर्षीय योजना (आ.व.२०७६÷७७–२०८०÷८१) मस्यौदामा १० वटा परिच्छेद रहेका छन । पञ्चवर्षीय योजनाको मस्यौदामा स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधि, विज्ञ एवं सरोकारवालाहरुको सुझाव लिएर स्वीकृतिका लागि प्रदेश सरकारलाई पेश गरिनेछ ।

मुख्यमन्त्री महेन्द्रवहादुर शाही अध्यक्ष रहेको प्रदेश विकास परिषदका पदाधीकारीहरुमा सहअध्यक्ष आर्थिक मामिला तथा योजना मन्त्री र सदस्यहरुमा प्रदेश सरकारका विभागिय मन्त्रीहरु, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता, प्रदेश सभाका समिति अध्यक्षहरु, प्रदेश योजना आयोगका सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमूखहरु, नगरपालिकाका प्रमुखहरु, गाउँपालिकाका अध्यक्षहरु, प्रदेश सरकारद्धारा मनोनित ५ जना सदस्यहरु, प्रदेश सरकारका सचिवहरु रहने व्यवस्था गरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्य सचिव रहेको विकास परिषदमा कर्णाली प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान पुरयाएका ५ जनालाई सदस्यमा मनोनयन गरेको छ । परिषद सदस्यहरुमा डा.राधिका वुढ्थापा (जुम्ला), उषा लामा (हुम्ला), चन्द्रा अधिकारी (जाजरकोट) मध्यपश्चिमाञ्चल विश्वविद्यालयकी एशोसियट प्रोफेसर यशोदा थापा र उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमवहादुर शाहीलाई सरकारले मनोनयन गरेको हो ।

माघ १० गते विहान ८ वजेदेखि प्रदेश राजधानी वीरेन्द्रनगरको एक होटेलमा शूरु हुने वैठकको सवै तयारी पुरा भएको परिषद सदस्य समेत रहनुभएका योजना आयोगका सदस्य रोकायले जानकारी दिए । वैठकमा परिषदका १ शय २० जना पदाधिकारी तथा ११ जना विज्ञ एवं आमन्त्रीत सदस्यहरुको सहभागिता रहने छ ।

प्रकाशित मिति : २०७६ माघ ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *