२०८१ असोज २९ गते मङ्गलवार

तुलसीपुर पोलिक्लिनिकले मागेजति १० करोड पाउँछ – मुख्यमन्त्री पोखरेल


दाङ, माघ ८ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुधवार दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हरिपौरामा नव निर्मित पोलिक्लिनिकको उद्घाटन गरेका छन् ।कार्यक्रममा सम्वोधन गर्दै मुख्यमन्त्री पोखरेलले तुलसीपुरले अघि सारेको पोलिक्लिनिकलाई गुरु योजना अनुरुप विकाश गर्न माग भए अनुसार १० करोड रुपैंया प्रेदश सरकारले उपलब्ध गराउने जानकारी दिए । उनले त्यसको प्रक्रिया सुरु भइसकेको बताए ।

नेकपाका प्रदेश इञ्चार्ज समेत रहेका पोखरेलले पोलिक्लिनिक्लसे दक्ष जनशक्ति तथा प्राविधिक उत्पादनमा ध्यानदिनुपर्ने बताए । देशलाई आवश्यक प्राविधिक उत्पादन गर्दै प्रदेशकै नमुना पोलिक्लिनिक बनाउन उनले आग्रह गरे । मुख्यमन्त्रीले नेपाली जम्मै श्रमबेच्न विदेशीने गरेको प्रति चिन्ता व्यक्त गर्दै भारतीयहरु आएर नेपाली बजारवाट बर्षेनी ठूलो धनराषी लैजाने गरेको हुँदा त्यो रोक्न आवश्यक रहेको तर्क गरे ।

उनले तुलसीपुर–घोराही हुँदै लमही सडक खण्ड फोरलेनको हुन लागेको, तुलसीपुर–अमेलिया सडक विस्तार हुन लागेको भन्दै त्यसले जिल्लाको विकाशका टेवा पुग्ने बताए । त्यस्तै उनले तुलसीपुर–सुर्खेत सडक विस्तार हुने र पश्चिमको बबई वाट कोहलपुर सिधा नयाँ ट्रयाक खोल्ने बारे विचार विमर्ष सुरु भएको बताए ।

आफुहरुले दामोदर मार्गलाई पुर्नंजीवन दिएको बताउँदै मुख्यमन्त्रीले राप्ती अस्पताललाई प्रादेशिक अस्पतालमा परिणत गरेपछि सेवा सुविधामा उल्लेखनिय सुधार भएको जिकिर गरे ।

फरक प्रशंगमा पोखरेलले यसअघि सम्म राजनीतिक दलहरु राज्यका विरुद्धमा उत्रिदा उर्जा खर्च भएको र अब त्यो अवस्था नरहेको हुँदा विकाशले गतिलिने आशा व्यक्त गर्नु भयो । जनताले आफ्ना प्रतिनिधि मार्फत आफ्नो संविधान बनाइसकेको हुँदा अव पहिले जस्तै राजनीतिक दलहरुले राज्यसंग अधिकारका लागि लड्नुपर्ने अवस्था नरहेको उनले स्पष्ट पारे । नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान रहेको उल्लेख गर्दै अब त्यो कार्यान्वयमा ध्यान दिन जरुरी रहेको बताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रियसभा सदस्य कोमल वलीले देशमा आवश्यक प्राविधक उत्पादन गर्न तुलसीपुरको मेट्रो कलेज महत्वपूर्ण हुने आशा व्यक्त गरिन । तुलसीपुरका मेयर घनश्याम पाण्डेले पोलिक्लिनिकलाई प्रदेशकै नमुना मेट्रो कलेजको रुपमा विकाश गरिने बताए ।

तुलसीपुरमा प्राविधिक शिक्षाल निर्माण गर्न तुलसीपुर उपमहानगरपालिकाले गत वर्ष र यो वर्ष समेत गरि २ करोड रकम विनियोजन गरेको छ । त्यस्तै राष्ट्रिय योजना आयोगवाट थप १ करोड १९ लाख रुपैंया समेत प्राप्त भएको वडा नं. १२ का वडा अध्यक्ष तथा तुलसीपुरका प्रबक्ता सूर्य डाँगीले बताए । उनले हरिपौरी माविको १० विगाहा जग्गामा चार तेले युक्त भौतिक संरचना निर्माण गर्ने तथा भविस्यमा ५ हजार विद्यार्थीले अध्यन गर्ने स्थानको रुपमा पोलिक्लिनिकलाई विकाश गरिने जानकारी दिए ।

प्रकाशित मिति : २०७६ माघ ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *