२०८१ असोज २४ गते बिहिवार

कर्णालीमा उज्यालो कार्यक्रम सुरु ५० करोड ९ लाख वजेट विनियोजन


धुर्वविक्रम बुढाथोकी,
सुर्खेत,माघ, ७ ।कर्णाली प्रदेश सरकारले अघि सारेको कर्णाली उज्यालो कार्यक्रम शुरु भएको छ । मंगलवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको बीचमा कार्यक्रम कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको प्रमुख आतिथ्यतामा हस्ताक्षर कार्यक्रममा भएको हो । कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लक्ष्मी कुमारी वस्नेत र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।

कार्यक्रम कार्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यान्वयन ईकाई स्थापना गर्ने र प्राविधिक सहयोग वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले उपलव्ध गराउने केन्द्रका कार्यक्रम संयोजक दिपक पौड्यालले जानकारी दिए ।

कार्यक्रम कार्यान्वयनको पहिलो चरणमा आर्थिक तथा प्राविधिक कारणले निर्माण कार्य पुरा हुन नसकेका कर्णालीका विभिन्न जिल्लामा रहेका लघु तथा साना जलविद्युत आयोजनाको निर्माण कार्य गरिने भएको छ । आयोजना सम्पन्न गर्न प्रदेश सरकारले वजेट व्यवस्था गर्ने मन्त्रिपरिषद कार्यालयका सचिव लक्ष्मीकुमारी वस्नेतले बताइन ।

हस्ताक्षर पछि मुख्यमन्त्री शाहीले कर्णालीका ग्रामिण क्षेत्रमा राष्ट्रिय विद्युत प्रशारण लाईन विस्तार गर्न केही समय लाग्ने भएकोले लघु तथा साना जलविद्युत आयोजनाको निर्माण आवश्यक रहेको तर्क गरे ।

कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि ५० करोड ९ लाख वजेट विनियोजन भएको लेखाअधिकृत विनोद प्रधानले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ माघ ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *