दाङ,माघ ७ । त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालीको आगामी कार्याकालको नेतृत्वको लागि अध्यक्ष सुरेश हमाललाई फेरि अध्यक्ष बनाउन प्रस्ताव गरिएको छ । आइतवार तुलसीपुरस्थित प्रालीको प्रधान कार्यालमा भएको कार्यसमिति तथा व्यवसायीहरुको भेलालाई हालका अध्यक्ष हमाललाई नै फेरि अध्यक्ष बनाउन सर्बसहमतिमा नाम प्रस्ताव पेश गर्ने निर्णय भएको छ । यो निर्णय संगै हमाल पुनः अध्यक्ष बन्ने निश्चित प्राय रहेको एक पदाधिकारीले बताए ।
बैठकमा सहभागि मध्य प्राय सबैजसो व्यवसायी तथा पदाधिकारी, प्रालिका सल्लाहकार तथा पुर्व अध्यक्षहरुले अझैंपनि हमालको विकल्प नरहेको हुँदा व्यवसायिक हकहितको लागि उनैलाई अध्यक्षमा प्रस्ताव गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा प्रालीका बरिष्ठ उपाध्यक्ष भरत नाथ योगी, पुर्ब अध्यक्ष देबिबहादुर डिसी,प्रेमबहादुर बस्नेत,सल्लाहकार भरतराज श्रेष्ठ, प्रसाशनिक सचिब नारायण प्रसाद न्यौपाने, भिमसेन लहरे, माधब न्यौपाने, प्रेम गिरी, प्रितम श्रेष्ठ, लगायतले हमालको विकल्प नरहेको धारणा व्यक्त गरेको प्रेस सल्लाहाकार शरद रेग्मीले बताए ।
विघठित राप्ती अञ्चल सार्वजनिक बस व्यवसायीको अध्यक्षपनि हमाल नै थिए । पुरानो समिति प्रालीमा रुपमान्तरण हुँदा स्वतह हमाल नै अध्यक्ष भएका थिए ।
समिति प्रालिमा रुपान्तरण भए पछि उक्त प्रालीले आफ्नो पहिलो अधिबेशन आगामी फागुनको दोस्रोसाता गर्ने तयारी गरिरहेको छ ।प्रालीमा हाल ५ सय ८० को हाराहारी व्यवसायी आवद्ध छन् । अध्यक्ष हमालले भने सबै व्यवसायी, कार्यसमितिका सल्लाहाकार, पूर्व अध्यक्ष लगाएत सबैसंगको परामर्षपछि मात्रै आफु आगडि बढ्ने बताउँदै आएका छन् ।