२०८१ साउन ९ गते बुधवार

सधैँ कम्मल दिन्थ्यो यो पाली तातो सिरक दियो 

दिप्तीशिखा चौधरी,दंगीशरण, ६ पुस।  दंगीशरण गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई फाईबर सिरक वितरण गरेको छ । जाडो समयमा बृद्धबृद्धाहरुलाई आवश्यक पर्ने भन्दै गाउँपालिका स्तरीय जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत फाईबर सरिक वितरण गरिएको हो ।

गाउँपालिकाको महिला बालबालिका तथा समाज कल्याण ईकाईको आयोजनामा पालीका भित्रका ७ वटै वडाका जेष्ठ नागरिकहरुलाई फाईवर सिरक वितरण गरिएको छ ।

“सधैँ कम्मल दिन्थ्यो यो पाली तातो सिरक दियो खुसी छम ।” सिरक लिन आईपुगेका जेष्ठ नागरिकले भने । गाउँपालिकाको जेष्ठ नागरिक सम्मान कार्यक्रमले जेष्ठ नागरिकहरुले स्थानीय सरकार बाट ठूलो सहयोग पाएको गाउँपालिकाका अधयष भागिराम चौधरीले बताए ।

“यो कामबाट हामी पनि खुसी छौँ किनकी बृद्धहरुलाई ठुलो राहत मिलेको छ ।” – चौधरीले भने । सो अवसरमा उपाध्यक्ष पिमा कुमारी खड्काले अवको योजना र काम हरेक तहका नागरिकलाई सेवा र सुविधा दिने रहेको बताईन् ।

घरपरिवारबाट अपहेलीत रहेका जेष्ठ नागरिकहरुलाई यो कार्यक्रमले न्याय दिएको बताईन् ।

७ न. वडा अध्यक्ष विर बहादुर वलीले जेष्ठ नागरीकले पाउँने सेवा सुविधालाई मध्यनजर गर्दै यस्ता खालका कार्यक्रम गाउँपालिकाले संचालन गरेको भन्दै झारो टार्ने सम्मान नभई बर्षौ सम्म टिक्ने सामग्री दिएर सम्मान गर्ने योजना आफनो रहेको बताए ।

कार्यक्रममा न्यानो हुने फाईबर सिरक प्रदान गरेर २२ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । कार्यक्रमको शहजकिरण महिला बालबालीका शाखाकि चन्द्रा वलीले गरेकि थिईन् ।

 

 

 

प्रकाशित मिति : २०७६ माघ ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *