काठमान्डौं, माघ ६ । प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजिनामा दिएकी छन्।
सोमबार दिउँसो तुम्बाहाङ्फले नयाँ बानेश्वरस्थित संसद सचिवालयमा राजिनामा बुझाएकी हुन्।
राजिनामा बुझाउनअघि प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्दै उनले सभामुख चयनका लागि आफूले मार्गप्रशस्त गर्ने बताएकी थिइन्। अब संसदको अर्को बैठक दिउँसो ४ बजे बस्दैछ।
उक्त बैठकको अध्यक्षता भने जेष्ठ सदस्यले गर्नेछन्। सोही बैठकले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने जानकारी दिइएको छ ।
प्रकाशित मिति : २०७६ माघ ६ गते सोमवार
