२०८१ असोज २९ गते मङ्गलवार

बेलझुण्डीमा प्रदेश एक्स्पो गर्ने वारे छलफल


दाङ, माघ ३ । प्रदेश नं. ५ सरकारले प्रदेश स्थापना दिवसको अवसरमा दाङको बेलझुण्डीमा प्रदेश एक्स्पा गर्ने बारे बारे छलफल गरेको छ ।
प्रदेश सरकारले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ स्थित बेलझुण्डी रंगशालामा तीनदिन सम्म बृहत प्रर्दशनी गर्न लागेको छ । फागुन १० देखि १२ गतेसम्म सञ्चालन हुने प्रदेश एक्स्पोको बारेमा शुक्रवार छलफल भएको हो ।

त्यसैको तयारी स्वरुप जिल्लाका सरोकारवालासंग शुक्रवार छलफल गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रशाद केसीले जानकारी दिए । उनले प्रदेश सरकारले हालसम्म गरेका गतिविधि र संभावनाका बारेमा बृहत बहस तथा छलफल केन्द्रित गर्न एक्स्पो आयोजना गरिएको बताए । प्रदेश स्थापना भएको मध्यावधिको समय भएका हुँदा प्रदेशले निर्माण गरेका कानुन र गरेका कामको बारेमा प्रचार प्रशार गर्ने उदेश्यले एक्स्पो गर्न लागिएको उनले स्पष्ट पारे ।

जसमा प्रदेशका १२ वटै जिल्लाका सबै १ सय ९ वटै स्थानीय तहको सहभागिता हुने कानुन मन्त्री केसीले बताए ।

स्टल निर्माणको जिम्मा नेपाली सेनालाई दिइएइको मन्त्री केसीले बताए । साथै एक्स्पो सफल तुल्याउन मुल आयोजक समिति, विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । झन्डै ५ हजार मानिस उद्घाटनका अवसरमा सहभागि हुने, २ सय झाँकी जुलुस आउने, एक हजार बढी गाडी पार्किङको व्यवस्था गर्ने गरि तयारी गरिएको मन्त्री केसीले बताए ।

कार्यक्रमका सहभागिहरुले कार्यक्रम सफल पार्नको लागि कुनैपनि कसर बाँकी नराख्ने प्रतिवद्धता जाहेर गरेका थिए । कार्यक्रममा प्रदेश सदस्य ईन्द्रजित थारु, जिल्ला समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपाली, तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, लमही नगरपालिका मेयर कुलबहादुर केसी लगाएका सरोकारवालाहरुले आफ्ना रायहरु राखेका थिए । उद्घाटन कार्यक्रमको अध्यक्षता मुख्य मन्त्री शंकर पोखरेलले गर्ने भएका छन् ।

प्रदेश सरकार निर्माण भएयता मुख्य मन्त्री कै घर नजिकै हुन लागेको यो नै सबैभन्दा ठूलो कार्यक्रम हो । त्यसका लागि प्रदेश सरकारले ५० लाख बजेट छुट्टयाएको छ । २०७४ साल फागुन ३ गते प्रदेश सरकार स्थापना भएको थियो ।

प्रकाशित मिति : २०७६ माघ ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *