बशन्त आचार्य, काठमान्डांै,पुस २९ । तुलसीपुर उपमहानगरपालिकामा उद्योग ग्राम स्थापना हुने भएको छ ।
मंगलबार काठमान्डौंमा उपमहानगरपालिका र उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्रालयका बिचमा उद्योग ग्राम स्थापनाका गर्ने बारे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
हस्ताक्षर पत्रमा मन्त्रालयका तर्फबाट सहसचिव शोभाकान्त पौडेल र उपमहानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले हस्ताक्षर गरेका छन् । त्यसक्रममा उपमहानगरपालिकालाई ९२ लाखको चेक समेत हस्तान्तरण गरिएको थियो ।
हस्ताक्षर पत्रमा ३ महिनाभित्र बिस्तृत परियोजना प्रतिबेदन बनाएर काम अगाडि बढाउने उल्लेख छ । मन्त्रालयले पहिलो चरणमा मुलुकभरका ३२ बटा स्थानीय तहमा यो कार्यक्रम लागू गरेको छ ।
दाङमा १० वटा स्थानीय तहमध्य तुलसीपुरमा मात्रै यो कार्यक्रम लागू हुने भएको छ । समझदारी पत्र हस्तान्तरण कार्यक्रममा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेख्रराज भट्ट, राज्यमन्त्री मोतिलाल दुगड लगाएतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०७६ पुष २९ गते मङ्गलवार