२०८१ असोज २४ गते बिहिवार

प्रदेश ५ को स्थायी राजधानी यही वर्ष टुंगो लाग्छ – मन्त्री चौधरी

तस्विर – सञ्तोष दहित

घोराही, पुस २५ । प्रदेश नम्बर ५ का प्रवक्ता तथा भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरीले यसै बर्ष प्रदेशको स्थायी राधनीको टुंगो लाग्ने बताएका छन् ।शुत्रवार दाङको घोराहीमा सुरु भएको माघी महोत्सवलाई सम्वोधन गर्दै मन्त्री चौधरीले संबिधान अनुसार प्रदेशको नाम र स्थायी राजधानी टुंगो लाग्ने आशा व्यक्त गरे ।

चौधरीले राजधानी र नामको बिषय निकै पेचिलो बन्दै गएको भने स्वीकार गरेको भएपनि अब त्यो विषय टुंगो नलगाई सुख नभएको बताए ।

‘माघ ५ गतेदेखि सुरु हुने प्रदेशसभाको अधिवेशनमा उक्त बिषयले प्रवेश पाउने छ,’ चौधरीले भने ‘राजधानीको बिषयमा गठन भएको समितिले समेत प्रतिवेदन पेश गरी सकेकाले यही बर्ष नै प्रदेशको स्थायी राजधानीको टुंगो लगाई सक्नुपर्ने अवस्था छ।’

प्रदेश नम्बर ५ मा थारु र मगर समुदायको बाहुल्यता रहेको हुँदा माघीमा दुई दिन बिदा दिने नीतिगत निर्णय भए अनुसार बिदा दिइएको मन्त्री चौधरीले बताए । मौलिक कला र संस्कृतिमा थारु जाति निकै धनि भएको हुँदा त्यसको संरक्षण गर्न जरुरी रहेको चौधरीले बताए ।

उनले प्रदेश सरकार विकाश र निर्माणमा तल्लिन रहेको दाबी गरे । ग्रामीण क्षेत्रका जनताको बिकास र नेतृत्व बिकासका लागि मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम सञ्चालन भएको भन्दै उनले समृद्धिका लागि सरकारले जनता लक्षित कार्यक्रम गरिरहेको बताए ।

थारु कल्याणकारिणी सभा दाङले आयोजना गरेको माघी महोत्सव पुस २८ गतेसम्म सञ्चालन हुने अध्यक्ष भुवन चौधरीले जानकारी दिए । कल्याणकारिणी सभाले पछिल्लो केही वर्ष यता माघीको अवसरमा घोराहीमा माघी महोत्सव गर्दै आएको छ । महोत्सवमा थारु जातिका परिकार खान पाइनुको साथै त्यसले कला संस्कृति संरक्षणमा सघाउने चौधरीले आशा व्यक्त गरे ।

प्रकाशित मिति : २०७६ पुष २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *