२०८२ असार २७ गते शनिवार

दाङमा पृथ्बीनारायणको स्मृतिमा दिवस मनाइने


दाङ, पुस २४ । राष्ट्र निर्माता पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठान दाङले पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ ।

प्रतिष्ठानको बिहीवार घोराहीमा बसेको बैठकले पुस २७ गते बिबिध कार्यक्रम गरी २९८औं राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको हो । प्रतिष्ठान दाङका अध्यक्ष नमबहादुर पौडेलको अध्यक्षता एंव सल्लाहकार भरत केसीको प्रमुख आतिथ्यतामा बैठक बसेको हो ।

उक्त बैठकले २७ गते घोराहीको तुलसीपुर चोकमा भेला भएर घोराही बजार परिकर्मा गर्ने र अन्त्यमा राष्ट्र निर्माता शाहको योगदानको बारेमा चर्चा गर्न कोणसभा गर्ने निर्णय गरेको हो । एकता दिवस मनाउन प्रतिष्ठानमा आवद्ध तथा राष्ट्र प्रेमी सवैलाई २७ गते बिहान साढे ११ बजे तुलसीपु चोकमा जम्मा हुन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०७६ पुष २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *