बुटवल, २३ पुस । रुपन्देहीको सियारी गाउँपालिकाका एक पुरुषले हम्मरले हिर्काउँदा श्रीमतीको मृत्यु भएको छ ।
३२ वर्षीय सनि कुमालले ३० वर्षीया श्रीमती कान्छी सुवेदी भनिने चम्पा क्षेत्री कुमालको हत्या गरेको रुपन्देही प्रहरीले जनाएको छ ।
प्रहरीले अभियुक्त सनि कुमाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।
रुपन्देहीका प्रहरी प्रवक्ता खडकबहादुर खत्रीले प्रारम्भिक अनुसन्धानमा सनिले फलामको हम्मरले टाउको, अनुहार, छाती, पेटमा हिर्काएर श्रीमती चम्पाको हत्या गरेको खुल्न आएको बताए ।
मंगलबार बिहान ११ बजे सियारी गाउँपालिका १ स्थित सूर्यबहादुर कुँवरको घरस्थित डेरामा कान्छी कोठाभित्र मृत अवस्थामा फेला परेपछि प्रहरीमा खबर पुगेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा घरासयी विवादका कारण हत्या भएको खुल्न आएको प्रहरी प्रवक्ता खत्रीले बताए ।
प्रकाशित मिति : २०७६ पुष २४ गते बिहिवार