२०८१ साउन ६ गते आइतवार

थारुको जस्तो मौलिक संस्कृति विश्मा कतै छैन – हिराचन्द्र केसी

निता चौधरी,
तुलसीपुर, पुस २३ ।संघीय सांसद हिराचन्द्र केसीले थारु समुदायलाई आफ्नो मौलिक पहिचान बचाएर राख्न आग्रह गरेका छन् ।बुधवार तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ जबरपुरस्थित भूँयार थानमा आयोजित क्षेत्रस्तरिय माघ विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद केसीले थारु समुदायको जस्तो मौलिक संस्कृति विश्वमा अन्त कतै नभएको बताए ।

‘दाङका थारुजातिको जस्तो मौलिक संस्कृति संसारमा अन्त कहिंकतै छैन,’सांसद चौधरीले भने ‘ त्यो जोगाउन सकेमा मात्रै देश र दाङको पहिचान कायम रहने छ।’

उनले थारुहरुले आफ्नो मौलिक भेषभूषा संरक्षणमा विशेष जोड दिन आवश्यक रहेको केसीले बताए । ‘मौलिक भेषभुसा लगाउन संधै भरि संभव नहोला,तर, यस्ता पर्वहरुमा लगाउन नभुलौं,’ केसीले भने ।
कार्यक्रममा तुलसीपुरका मेयर घनश्याम पाण्डेले दंगिशरण थारु राजाको बासस्थान दाङको सुकौरा भएको हुँदा दाङ थारुहरुको विकाशको उद्गम थलो भएको बताए ।
उनले दाङ जिल्ला थारुहरु संस्कृतिको धनी भएपनि त्यसको उचित संर्वद्धन र संरक्षण गर्न नसके भविस्यमा नासिएर जान सक्ने चिन्ता जाहेर गरे ।

‘मरुभूमिलाई उर्वरभूमिमा परिणत गर्ने थारु समुदाय नै हुन,’ पाण्डेले भने ‘देश विकाशमा थारु समुदायले पु¥याएको भुमिका निकै स्मरणिय छ।’

भुइँह्यार थानमा निर्माण गर्न लागिएको बहुआयामिक सभाहलको सिलन्यास गरिएको थियो ।
सिलन्यास गर्दै सांसद हिराचन्द्र केसीले सभाहल निर्माण गर्न विकाश कोषबाट २० लाख बजेट विनियोजन गरेको बताएका छन् ।

उक्त रकम लगाएत अन्य दाताहरुको सहयोग मार्फत भवन निर्माण गर्ने योजना बनाएको नमुना भुइँह्यार थानका अध्यक्ष रामशरण चौधरीले बताएका छन् ।

कार्यक्रममा सांसद धमकली चौधरी, तुलसीपुर वडा नम्वर ६ का अध्यक्ष नवराज लामिछाने, थारु पत्रकार संघ नेपालका अध्यक्ष्य सञ्तोष दहित,थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी, नागरिक समाज दाङका सल्लाहकार टिकाराम रेग्मी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

विभिन्न व्यक्त सम्मानित
त्यसअवसरमा पत्रकारिताको माध्यमबाट थारु समुदायको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सञ्जिबनी एफएमका स्टेशन म्यानेजर शरद रेग्मी र रेडियो तुलसीपुरकी समाचार बाचिका सरिता चौधरीलाई सम्मान गरिएको थियो ।
त्यसैगरी महटवा खिमलाल चौधरी, धिरेन चौधरी, गोवर्धन चौधरी, हरिराम चौधरी, कुसुमलाल चौधरी र सोँढेनीहरु बुनु चौधरी, थुमा चौधरी, वेटली चौधरी, फुलस्या चौधरी र जगमोती चौधरीलाई सम्मान गरिएको छ ।

मघौटा नाचमा बैवाङ प्रथम
कार्यक्रममा विभिन्न थारुहरुको मौलिक पहिचान झल्किने मघौटा नाच प्रतियोगिताको पनि अयाोजना गरिएको थियो ।
जसमा प्रथम दंगिशरण गाउँपालिका वडा नं. ४ बैबाङ , द्दितिय तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ टिक्रा पातु र शान्तिनगर गाउँपालिका वडा नं. ५ ढारिन्याको समुह तृतिय भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका १२ दक्षिण कपडादेवीको समुह सान्त्वना भएको छ । प्रथम हुनेलाई ८ हजार, द्धितियलाई ७ हजार, तृतियलाई ६ हजार र सनत्वनालाई ३ हजार र सहभागी हरेक १७ वटा समुहलाई प्रोत्साहन स्वरुप १ हजार ५ सय रुपैंया प्रदान गरिएको थियो ।

कार्यक्रम पूर्व ‘थारु कला संस्कृति हमार पहिचान सांस्कतिक विकासका लाग हमार अभियान’ भन्ने नाराका साथ मौलिक पहिचान झल्किने,भेषभूषा सहितकोे ¥यालीले बजारको परिक्रमा गरेको थियो ।

नमुना भुइँह्यार थान समिति तुलसीपुरको आयोजना तथा थारु कल्याणकारिणी सभा दाङ क्षेत्र नंबर ३ को सहआयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा स्वागत मन्तब्य थारु बुद्धिजीवी छोटीलाल थारु र सहजिकरण नारायण चौधरी र जयन्ती चौधरीले गरेका हुन ।

प्रकाशित मिति : २०७६ पुष २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *