दाङ,पुस २३ । चिसो बढेपछि घोराही उपमहानगरपालिकाले आफ्नो क्षेत्रका सबै विद्यालयहरुलाई दुई दिन विदा दिएको छ । अध्यधिक चिसो बढेको भन्दै उपमहानगरपालिकाले बुधवार एक सार्वजनिक सूचना प्रकासित गर्दै विहीवार र शुक्रवार गरि दुई दिन विदा दिएको हो ।
शाखा अधिकृत नारायणप्रशाद पौडेलले बर्षे विदावाट कट्टी गर्ने गरि दुई दिन सबै विद्यालयहरु विदा दिने निर्णय भएको बताएका छन् । दाङमा विगत दूई दिनदेखि हल्का बर्षा हुँदै आएको छ ।
विहानको तापक्रम ८ डिग्र्री सेलसियस जल तथा मौसम विज्ञान फिल्ड कार्यालय घोराही दाङले बुधवार विहान पौने ९ बजेको न्यूनतम तापक्रम ८.४ डिग्र्री सेलसियस मापन गरेको छ । त्यस्तै बुलुका पौने ६ बजेतिर मापन गर्दा अधिकतम तापक्रम १४.८ डिग्री सेलसियस मापन गरिएको मौसम कार्यालयले जानकारी दिएको छ । जिल्लामा बुधवार १.२ मिलिलिटर बर्षा भएको कार्यालयले जानकारी दिएको छ ।