२०८१ बैशाख ८ गते शनिवार

 जहाज दुर्घटनामा १७६ जनाको मृत्यु

तेहरान, पुस २३। इरानमा बुधबार बिहान भएको युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाज दुर्घटनामा परेका मृतकको परिचय खुलेको छ।

१६८ यात्रु र ९ जना चालक दलका सदस्य बोकेको बोइङ ७३७-८०० जहाज बुधबार बिहान स्थानीय समयअनुसार सवा ६ बजेतिर तेहरानको इमाम खामोनी विमानस्थलनजिकै दुर्घटनामा परेको थियो।

जहाज दुर्घटनामा ८२ इरानी, ६३ क्यानेडियन, ११ युक्रेनियन, १० स्विडिस, ४ अफगानी, ३ जर्मन र ३ बेलायती नागरिकको मृत्य भएको युक्रेनका परराष्ट्रमन्त्री भ्यादाइम प्रिस्टाइकोले ट्वीटरमा जानकारी दिएका छन्।

युक्रेनको राजधानी केइभ जान लागेको जहाज टेकअफ भएको केहीबेरमै प्राविधिक समस्या आएपछि दुर्घटनामा परेको थियो।

युक्रेन इन्टरनेशनल एयरलाइन्सले पत्रकार सम्मेलन गर्दै जनवरी ६ मामात्रै जहाज जाँचेको र कुनै पनि कमजोरी नदेखिएको बताएको छ। गुनासो नआएको बताएका छन्।

प्रकाशित मिति : २०७६ पुष २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *