२०८२ बैशाख ११ गते बुधवार

तुलसीपुर–घोराही फोरलेनमा छुट्टै ‘साईकल लेन’ बनाऔं – अध्यक्ष केसी

राजेश खत्री,
दाङ, पुस २२ । दाङ जिल्ला साईक्लिङ संघका अध्यक्ष रेशम केसीले हाल विस्तार भइरहेको फोरलेन सडकमा साईकलको लागि छुट्टै लेन बनाउनु पर्ने बताएका छन् । फरककोण संगको सम्वातमा अध्यक्ष केसीले साईक्लिङप्रतिको बढ्दो क्रेजलाई मध्यनजर गर्दै साईकलको छुट्टै लेन बनाउनु उपयुक्त हुने धारणा राखे ।

साईकल वातवरणिय दृष्टिकोणले मात्रै नभई शारिरीक व्यायामका लागि समेत त्यत्तिकै उपयुक्त साधन मानिन्छ ।

जिल्लाका सहरहरुलाई साईकल सिटीको रुपमा विकाश गर्न अति आवश्यक भइसकेको तुलसीपुरका युवा व्यवसायी तथा एकजना साईक्लिलिष्ट झलक केसीको भनाई छ ।

यातायात व्यवस्था कार्यालय राप्तीका कर्मचारी रश्मि अधिकारीले विदेशमा राज्यले नै साईकल लेन बनाउँदै आफ्ना नागरिकलाई साईकल चलाउन प्रेरणा दिदै आएको हुँदा नेपालले पनि त्यसको सिको गर्न जरुरी रहेको बताए । अधिकारी विदाको दिनमा ढाटा टाढाको दुरीमा नियमति साईक्लिङ गर्ने तुलसीपुर क्षेत्रका एक्ला कर्मचारी हुन ।

स्थानीय सरकारले जिल्लाका प्रमुख सहरहरुलाई साईक्ल सिटीको रुपमा विकाश गर्न सके भोलिको प्रर्दशन रोक्न र नागरिकको श्वास्थ्य राम्रो गराउन त्यसले सहयोग पुग्ने उनले तर्क गरे ।

‘स्वास्थ्य र वातावरणको लागि साईकल’ भन्ने कुरालाई अभियानको रुपमा अगाडि बढाउन स्थानीय सरकारले समेत भूमिका खेल्न जुरुरी भइसकेको अधिकारीले बताए ।

रश्मि अधिकारी

‘भावि पुस्ताको लागि सोच्न अब ढिलाई गर्न हुन्न,’ अध्यक्ष केसीले भने ‘ तुलसीपुर–घोराहीमा फोर लेन सडक विस्तार हुँदै गर्दा एउटा लेन साईकलका लागि पनि निर्माण गर्न आवश्यक छ।’

नियमित ४० मिनेत मात्रै साईकल चलाउँदा प्रेसर र सुगरका विरामीले धेरै लाभ लिन सक्ने, साईक्लिङले विद्यार्थीको स्मरण शक्ति र दिमागको शक्ति बढाउने हुँदा साईकल चलाउनु अति नै लाभदायिक रहेको केसीले दाबी गरे ।

त्यस्तै साईकिल चलाउँदा घुँडा लगाएका जोर्नीहरु बलियो हुने तथा छाला अति नै उपयुक्त हुेन उनले बताए ।घोराही उपमहानगरपालिका वडा नं. १५ ट्राफिक चोक निवासी ४३ बर्षीय केसीले दैनिक डेढ दुई घन्टा साईकल चलाउँदै आएको जानकारी दिए ।

उनले पर्यटन प्रवद्र्धनमा समेत साईक्लिङले महत्वपूर्ण भूमिका खेल्ने जानकारी दिए । केसीले २०७३ सालमा एकल मेची–महाकाली साईकल यात्रा गरिसकेका छन् ।

यही वर्ष मात्रै दाङमा ‘टुर द दाङ भ्याली’ नाम दिएर ९५ किलो मिटरको साईकल टुर भयो । त्यसमा विश्व साईकल यात्री पुष्कर शाह लगाएत विभिन्न २० जिल्लाका चर्चित साईक्लिष्टिहरुलाई निम्त्याएका थिए । रोल्पा जस्तो पहाडी जिल्लामा पनि उनले साईकल वाटै यात्रा गरिसकेका छन् ।

झलक केसी

साईक्लिङ गर्नेहरुका बीचमा देशव्यापी रुपमा एउटा राम्रो सर्कल बनेको छ । मंसिर महिनामा मात्रै केसी लगाएको टिम महेन्द्रनगरका साईकिलिष्टहरुको निमन्त्रणमा गर्भा दरवार पुगेर फर्किएको छ । गर्भा दरवार डोटीको सीमानामा पर्छ । केसी निकट भविस्यमै जिल्लामा साईकल रेसको तयारी गरिरहेको छन् ।

त्यही अभियानका साथ पछिल्लो समय जिल्लाका विभिन्न विद्यालयहरुमा पनि साईक्लिङका फाईदा बारे बझुाउन केसी पुग्ने गरेका छन् ।

साईक्लिङले जिल्लाको पर्यटन पूवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बलियो विश्वास केसीले व्यक्त गरे । त्यसका लागि छुट्टै साईकलको सर्किट बनाउन सकिने उनले सुझाए । ‘यहाँका चर्चित धार्मिक स्थलहरुमा पुग्ने साईकल सर्किट बनाउन आवश्यक छ,’ केसीले भने ।

हालसम्म जति साईकल टुरहरु जिल्ला वा जिल्ला बाहिर भए त्यसमा राज्यले कतै नसघाएको भएपनि अब राज्यले त्यसमा ध्यान दिन आवश्यक रहेको केसीले बताए । साईक्लिष्टिहरुले आफै मिलेर हालसम्म साईकल टुर गर्दै आएको भएपनि राज्यले त्यसमा सहकार्य गर्न जरुरी रहेको उनले बताए ।

भविस्यमा प्यूठानको स्वर्गद्धारी र दाङकै धार्मिक एवं पर्यटकीय स्थल मौलाकोटको पहाडपनि साईकल बाट नै चढ्ने योजना बनाएका केसीले त्यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आशा व्यक्त गरे ।

दाङको घोराही र तुलसीपुरका साइक्लिङको क्रेज बढ्दो छ । त्यो क्रम बाँके र सुर्खेतमा पनि विस्तारै बढ्दै गएको छ । साईकल प्रेमीहरुका बीचको यो सर्किट निर्माण गर्न सके त्यसले पक्कैपनि सरकारले सुरु गरेको भ्रमण वर्ष सन २०२०को लक्ष्य हासिल गर्न सघाउन पुग्ने केसीको बुझाई छ ।

प्रकाशित मिति : २०७६ पुष २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *