२०८२ साउन १ गते बिहिवार

दाङका ९ बिद्यालयमा समुदायका व्यक्तीसगं साक्षात्कार

तुलसीपुर,२० पुस ।  दाङका ९ वटा बिद्यालयमा समुदायका बिभिन्न ब्यक्तिहरुसगँ साक्षात्कार गरिएको छ ।

टिचफर नेपालले तुलसीपुर उपमहानगरपालिका भित्रका ९ वटा सामुदायिक बिद्यालयहरुमा वान डे ईन्दी स्कुल अर्थात आइतवार एक दिन बिद्यालय भन्ने मान्यताको विकास गर्दै बिद्यार्थीहरुसँग कक्षा कोठामा एक घण्टा साक्षात्कार गराएको हो ।

आईतबार मा.वि कुटेचौरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जिवनको भोगाई,सफताका कडि लगायतका बिषयमा साक्षात्कार गरे ।

टिचफर नेपालका अध्यक्ष,पत्रकार सुशील मैनाली लगाएत ९ वटा बिद्यालयमा कम्तीमा ४ जनाको समूह बिद्यालयमा गएको थियो ।

माबि बालापुरमा उद्योगपति डिल्लीबहादुर बस्नेत लगायत थिए भने जनजागृति माध्यामिक बिद्यालय पातु बन्गाँउमा तुलसीपुर उपमहानगरपालिकाका शाखा अधिकृत गिरीराज मिश्र,शिक्षा अधिकृत (सातौ) चक्रबहादुर भण्डारी,मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिब सुशील बस्नेत,त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल,टिचफर नेपालका संयोजक कृष्ण केसीले बिद्यार्थीहरुसँग साक्षात्कार गरेका थिए ।

त्यसअवसरमा बिद्यालय परिवारसँग परिचयात्मक र साक्षात्कार कार्यक्रम पछि समिक्षात्मक कार्यक्रम गरिएको थियो । त्यस्तै गत बर्ष पनि दाङमा एकदिन बिद्यालय कार्यक्रम सञ्चालन गरिएको थियोे ।

टिचफर नेपालले दाङका सामुदायिक बिद्यालयहरु माबि बालापुर, माबि जनजागृति पातुबनगाँउ, माबि कालाखोला, अम्बिकेश्वरी माबि अम्वापुर, नवजागरण माबि कुटेचौर, जनज्योति माबि रनियापुर, माबि भित्री सक्राम,पशुपति माबि हरिपौरी र सरस्वती माबि दमारगाँउ स्वयमसेवी दुई दुई जना शिक्षक उपलब्ध गराएको छ भने ति बिद्यालयको संयुक्त आयोजनामा माबि बालापुरमा गत पुस ११ गते सुनाखरि सिकाई मेला सम्पन्न भएको थियो ।

 

 

प्रकाशित मिति : २०७६ पुष २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *