२०८१ असोज २४ गते बिहिवार

बालबालिकालाई सामाजिक सञ्जालको कुलतवाट जोगाऔं– अनुराधा कोईराला

यमकला भुसाल,तुलसीपुर, पुस २० । माईती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले बालबालिकालाई सामाजिक सञ्जालको कुतलवाट जोगाउन आवश्यक रहेको बताएकी छन् ।

शनिवार तुलसीपुरस्थित आइडिएल बोर्डिङको २५औँ रजयन्ति समारोहलाई सम्वोधन गर्दै पछिल्लो समय फेसबुक, ईमो, भाईवर जस्ता समाजिक सञ्जालको गलत प्रयोगको माध्यमबाट धेरै बालबालिका बेचिरहेको भन्दै अभियान्ता कोईरालाले ती चिजवाट बालबालिकालाई जोगाउन आवश्यक रहेको बताएकी हुन ।

उनले हरेक अभिभावकले आफ्नो छोराछोरीले गर्ने क्रियाकलापका बारेमा ध्यान दिन आवश्यक रहेको बताइन ।

‘अहिले हाम्रै घर छेउ छाउमा धेरै मात्रामा होटल,रेष्टुरेन्टहरु खुलेका छन,त्यस्ता केही ठाउँमा बालबालिकालाई दाउमा राखेर विभिन्न नराम्रो काममा लगाइएको देखिन्छ,’ कोईरालाले भनिन् ‘ जहाँ १६÷१७ बर्षका किरोशी राखिएका हुन्छन् र उनीहरु दिनदहाडै बेचिन्छन । त्यसप्रति सजग बनौं।’

विद्यार्थीको पहिलो गहना अनुसासन भएको भन्दै उनले हरेक विद्यार्थीले त्यो ख्याल गर्न जरुरी रहेको बताइन ।

तुलसीपुर महिला विदेश पठाउने ट्रान्जिट बन्दै गएको भन्दै उनले बैदेशिक रोजगारीमा जाने महिलाहरुको लागि पछिल्लो समय तुलसीपुर ट्रान्जिट प्वान्ट बनेको भन्दै त्यो रोक्न स्थानीय सरकारले ध्यान दिनुपर्ने बताएकी छन् ।

उनले भनिन्– ‘बाहिरी जिल्ला भैरहवा,रुपैडिया जस्ता ठाउँबाट महिलाहरुलाई बिदेश पठाउछौँ भनेर यहाँ ल्याइन्छ,अनि यहाँबाट एक–एक जना गरेर भारत कोठीमा पठाइएका छन्।’

उनले हरेक छोरीलाई जोगाउनु सबैको साझा कर्तव्य हुने भन्दै सबैको प्रयासले यो अभियानले सार्थकता पाउने तर्क गरिन ।

बोर्डिङले विभिन्न संघ संस्था र व्यक्तिलाई गरि ३ लाख प्रदान गर्यो आइडियल बोर्डिङका प्रिन्सिपल रेगु खत्रीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले २५ औँ वर्षसम्म आइपुग्दा आइडिएल बोडिङले यसक्षेत्रको शिक्षाका लागि महत्वपुर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे ।

रजतजन्तिका अवसरमा विद्यालयले विभिन्न व्यक्ति तथा सघं संस्थालाई करिव ३ लाख बराबरको सहयोग रकम प्रदान गरेको छ ।

माइती नेपाललाई १ लाख ५० हजार,अपांग समाज सुधार केन्द्र दाङलाई ५० हजार,राप्ती बहिरासघंं तुलसीपुरलाई ५० हजार र तुलसीपुरकी दृष्टिविहीन एकल महिला रुपा गन्धर्भलाई ५० हजार रकम सहयोग प्रदान गरेको छ ।

त्यसक्रममा विभिन्न व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न नाटक,नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

 

प्रकाशित मिति : २०७६ पुष २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *