२०८१ असोज २९ गते मङ्गलवार

शोभाराम बस्नेतले भने – मलाई त सिध्याए हजुर, सिध्याए


दाङ,पुस १८ । सत्तारुद्ध दल नेकपाले माघ ९ गते हुने राष्ट्रियसभा सदस्य पदका उम्मेदवारको नाम टुङ्गो लगाएको छ । प्रदेश नं. ५ लगाएत सातै प्रदेशका उम्मेदवारको नामावली नेकपाले टुङ्गो शुक्रवार टुङ्गो लगाएको छ ।

प्रदेश नं. ५ को लिष्टमा पछिल्लो सयम दाङको तुलसीपुर बस्दै आएका प्रदेश नं. ५ बाट नेकपाका प्रदेश सचिव जगप्रशाद शर्मा (अपार), बुटवलका गोपाल भट्टराई र महिलामा विमला घिमिरे परेका छन् । यसअघि चर्चा गरिए झैं नेकपा दाङका संस्थापक नेता शोभाराम बस्नेतका नाम भने त्यसमा परेको छैन ।

गत मंसिर १४ गते भएको उपनिर्वाचनका क्रममा दाङ आउँदा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र मुख्य मन्त्री शंकर पोखरेलले नेकपा दाङका संस्थापक नेता मध्यका एक शोभाराम बस्नेतलाई राष्ट्रियसभा सदस्य बनाउने घोषणा गरेका थिए ।

निर्वाचनमा प्रदेशसभा सदस्य पदका आकांक्षी बस्नेतलाई नेकपा सचिवालय बैठक पछि मौखिक रुपमा राष्ट्रियसभा सदस्य बनाउने सहमति भएको निर्वाचनका क्रममा चर्चामा थियो । त्यो कुरा बस्नेत स्वएंमले पनि स्वीकार गर्छन ।

‘मलाई राष्ट्रियसभा सदस्य बनाउने भन्ने सहमति पछि मैले प्रदेशसभा सदस्य पदको उम्मेदवारी त्यागेर विमला वलीलाई समर्थन गरेको हुँ,’ बस्नेतले भने ‘मलाई यसरी धोका देलान भन्ने लागेको थिएन।’

यसअघिका अघिल्ला निर्वाचनहरुमा पनि बस्नेतलाई समानुपातिक सांसद बनाउने आश्वासन बाँडिएको कुरा चर्चामा आएको थियो । अहिले पनि निर्वाचन जित्नको लागि उनलाई उपयोग गर्ने रणनीति मात्रै नेताहरुले गरेको भन्दै सामाजिक सञ्जालहरुमा नेकपाका नेता कार्यकर्ताले असन्तुष्टि पोखेका छन् ।

‘सिध्याए हजुर सिध्याए । यहाँ जातिय राजनीति हाबी छ । मलाई के को माथि उक्लन दिन्थे,’ बस्नेतले भने ‘तर, मलाई कत्तिपनि पछुतो लागगेको छैन, म विचलित भएको छैन।’ पछिल्लो समय पार्टीहरुमा स्वार्थको राजनीति हावी भएको भन्दै उनले पार्टी विधि र पद्धतिमा चल्नु पर्ने बताए ।

प्रकाशित मिति : २०७६ पुष १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *