बाजुरा, पुस १७ । बाजुरा जिल्लामा भएको जिप दुर्घटनामा परि घटनास्थलमै ४ जनाको मृत्यु भएको छ ।
जिप कर्णाली नदीमा खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।
धुलाचोरबाट कोल्टी जाँदै गरेको जिप से १ ज १०६४ नम्बरको जिप बिहीबार दिउँसो कर्णाली नदीमा खस्दा उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा परि चार जना घाइते र एक जना बेपत्ता छन्। बेपत्ताको खोजि भइरहेको छ ।
प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन । यो खवर तयार पार्दासम्म मृतक मध्ये चालक रमेश शाहीको मात्र सनाखत भएको छ ।
घाइतेहरूलाई उद्धार पछि स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७६ पुष १७ गते बिहिवार