२०८२ जेष्ठ ३० गते शुक्रवार

प्रहरीले अदालत परिशर भित्रै मानिसलाई कुटपिट गरेको आरोप

पक्राउ परेका ४ जना नेताका परिवार ।

निशान भट्टराई,
घोराही, पुस १६ । दाङ देउखुरी जिल्ला अदालत भित्रै बुधवार प्रहरीले सर्वसाधारणलाई लछारपछार र कुटपिट गरेको आरोप लागेको छ । सरकारद्धारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहका चार जना नेताहरु कुलवहादुर ओली, धनवहादुर बुढा, तिलक पुन र एकराज चौधरीलाई अदालत परिसर भित्रैबाट प्रहरीले बल प्रयोग गरि पुनः नियन्त्रणमा लिएको आफन्तले बताएका छन् ।

आफन्तले धरौटी बुझाए पछि रिहा हुन लागेका चार नेताले अदालतको दर्ता चलानी कक्षमा सहीछाप गर्दै गर्दा प्रहरीले उनीहरुलाई त्यहीबाट नियन्त्रणमा लिएको थियो।जसले गर्दा अदालत भित्रै केही बेर तनावको स्थिति सृजना भएको थियो । त्यसले गर्दा केही बेर सर्वसाधारणहरु त्रसिद बनेका थिए ।

प्रहरीले उनीहरुका परिवारमाथि अदालत भित्रै हातपात गरेको भन्दै त्यसको विरोध गरेका छन् ।

प्रहरीले जवरजस्ती गर्न थालेपछि अदालतमा पुगेका आफन्तहरुले छुटाउन प्रयास गर्दा प्रहरीले उनीहरुमाथि समेत हातपात गरेको थियो । तिलक पुनकी पत्नि छिमा पुनले सुरुमा महिला प्रहरीले टाउकोमा हानेपनि पछि पुरुष प्रहरी आएर आफुलाई शरिरका संवेदनशिल अंगमा समातेर हुत्याउँदै लछार पछार पारेको बताइन ।

‘अदालतले धरौटीमा छोड्न भनेपछि म मेरो श्रीमानको रिहाईका लागि अदालतमा धरौटी बुझाउन आएकी थिएँ,’ छिमा भनिन् ‘तर,पुलिसले अदालतले म माथि समेत दुव्र्यवहार ग¥यो, मलाई समेत लछार पछार पा¥यो।’

गत असोज ३० गते जिल्लाको राजपुर गाउँपालिकास्थित जंगलबाट नियनत्रणमा आएका २१ जनामध्ये चार नेताहरु बुधबार धरौटीमा रिहागर्न अदालतले आदेश दिएको थियो ।

यसअघि जिल्ला अदालतले पुस ७ गते पक्राउ परेका २१ जना मध्य विप्लका दाजु बीरजंगसहित सबैलाई जनही १५÷ १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

तर उनीहरुलाई पनि प्रहरीले पुनः अदालत परिसरबाटै अरु छुट्टै मुद्दा लगाएर पक्राउ गर्ने तयारी गरेपछि उनीहरुले धरौटी बुझाएका थिएनन् । त्यसैले उनीहरु पुनः कारागार लगिएका थिए ।

घटना छानविन गर्न जिल्ला वारको माग
जिल्ला अदालत भित्रै बुधवार भएको धरपकड र कुटपिटको जिल्ला वार दाङले विरोध गरेको छ ।
वारका जिल्ला सचिव किरणकुमार रेग्मीले घटना लगत्तै विज्ञप्ति जारी गर्दै घटनाको छानविन गर्न माग गरेका छन् ।

धरौटी तिरेर छुट्न लागेका विप्लव नेता कार्यकर्ता र उनका आफन्तमाथि अदालत भित्रै प्रहरीले मानव अधिकार र विधिको शासनलाई धज्जी उडाएको उलने उल्लेख गरेका छन् । विज्ञप्तिमा अमानविय ढंगवाट हातपात र गिरफ्तारी गरेको भन्दै त्यसको भत्र्सना गरिएको छ ।

प्रकाशित मिति : २०७६ पुष १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *