तुलसीपुर , पुस १५ । राप्ती बहिरा संघको छात्राबासमा बस्दै आएका सुस्त श्रवण तथा अपांगता भएका बिधार्थीलाई मंगलबार न्यानो कपडा बितरण गरिएको छ । जाडो मौसममा निकै कष्टकर जीवन व्यथित गर्दै आएका ६५ जना बालबालिकालाई त्रिशिद्देश्वरी राप्ती यातायात प्रालिले स्वीइटर वितरण गरेको हो ।
त्रिशिद्धेश्वरी प्रालिका अध्यक्ष सुरेश हमालले सामाजिक उत्तरदायित्व अन्तरगत सुस्त श्रवण भएका बालबालिकालाई जाडोवाट जोगाउन स्वीटर वितरण गरिएको बताए ।
यसअघि पनि आफुहरुले पटक÷पटक विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको स्मरण गर्दै अध्यक्ष हमालले असाय र अशक्तहरुलाई सेवा गर्नु नै मानवताको सबै भन्दा उच्च परिचय भएको तर्क गरे ।
उनले हरेक संघ संस्थालाई नाफा आर्जन मात्रै नगरी समाजको लागि सहयोगको हात अगाडि बढाउन अपिलपनि गरे । त्यस अबसरमा राप्ती बहिरा संघकी निर्देशक प्रतिमा शर्माले आर्थिक अभावका कारण छात्राबासमा बस्दै आएका विद्यार्थीले विभिन्न खाले समस्या झेल्नु परेको भन्दै सबैलाई सहयोग गरिदिन आग्रह गरेकी छन् ।