२०८१ फाल्गुन २ गते शुक्रवार

वडा कार्यालय वन्द गरेर पदाधिकारी भ्रमणमा


दाङ,पुस १३ । दंगिशरण गाउँपालिका वडा नं. ५ का अध्यक्ष लगाएतका पदाधिकारी भ्रमणमा गएपछि कार्यालयको काम प्रभावित भएको छ । वडा अध्यक्ष दीपक गौतम, कार्यालय सचिव प्रेमप्रशाद चौधरी लगाएतका अधिकाँस जनप्रतिनिधि पुस ८ गते कार्यालय वन्द गरेर कृषि भ्रमण गएको हुँदा सेवाग्राहीको काम प्रभावित हुँदै आएको छ ।

आइतवार कार्यालय परिसरमा सेवाग्राहीको बाक्लै भिड रहेको थियो । तर उनीहरुको काम गरिदिने जनप्रतिनिधि र कार्यालय सचिव भने कोहीपनि त्यहाँ थिएनन् । त्यही भएर दंगिशरण ५ मिरौली निवासी ३१ बर्षीया सृजना केसीको नाता प्रमाणित गराउने काम हुन नसकेको बताइन ।

नागरिकता हराएपछि नयाँ प्रतिलिपि लिनको लागि सिफारिस लिन भनी वडा कार्यालय पुगेका ६८ बर्षीय ज्योतिप्रशाद न्यौंपानेपनि आफ्नो काम गरिदिने जनप्रतिनिधि तथा कर्मचारी कोही फेला नपरेको बताए ।

स्थानीय ५७ बर्षीय एकलाल गिरी चार दिनदेखि नाता प्रमाणितको काम लिएर निरन्तर कार्यालय धाउँदापनि काम नभएको गुनासो गरे ।

आइतवार वडा कार्यालय खोल्न दंगिशरण गाउँपालिकाकी कर्मचारी चन्द्रा वली आएपनि कुनै काम भने भएन । उनले कार्यालय खोलेपनि वडा अध्यक्षको कार्यकक्ष भने बन्द नै थियो ।

वलीले कुनैपनि जिम्मेवारी आफुले नपाएको हुँदा कुनै काम गर्न नसक्ने बताइन । वलीले भनिन् ‘जिम्मेवारी खास केही दिइएको छैन।त्यसैले मैले कुनैकाम गर्न सक्दिन।’

एकदिन आएको हुँदा कागज पत्र कहाँ छन् ? भन्ने कुराको समेत उनले जानकारी नभएको बताइन ।  कृषि भ्रमणका नजाने एक मात्रै वडा सदस्य ६१ बर्षीया लिलावती परियारले भ्रमणमा गएका वडा अध्यक्षले आफुलाई कामगर्ने कुनै अख्तियारी नदिएको बताइन ।

यदी कुनै अख्तियारी दिएको भएपनि उनले केही गर्न सक्ने अवस्था छैन । कारण उनले लेखपढ गर्न सक्दिनन् । परियारले ५ दिनदेखि वडा कार्यालयमा कुनै काम हुन नसकेको भएपनि आफुले ढोका भने खोल्दै आएको जानकारी दिइन ।

काँग्रेसले गलत प्रचार गरेर जनता भड्काउन खोज्यो – वडा अध्यक्ष
भ्रमणमा रहेका वडा अध्यक्ष गौतमले भने नेपाली काँग्रेसले गलत प्रचार गरेर जनता भड्काउन खोजेको बताएका छन् । उनले नेपाली काँग्रेसका केही व्यक्तिहरुले आफुसंगको रिसिवी साँध्न गतल प्रचार बाजी गरेर भ्रम सृजना गर्न खोजिरहेको बताएका छन् ।

भित्रे पात्रोमा ‘क्रिसमस डे’लाई विदा लेखेको हुँदा र त्यस बीचमा शनिवारपनि पर्ने हुँदा विदाको समयमा कृषि भ्रमणमा गएको भएपनि त्यसलाई गलत प्रचारबाजी गरेर भ्रम सृजना गर्न खोजिएको वडाध्यक्ष गौतमले बताए । वडा अध्यक्ष नेतृत्वको टोली कृषि भ्रणको लागि भन्दै ५ दिन अगाडि ईलाम, चितवन लगाएका स्थानमा गएको छ ।

प्रकाशित मिति : २०७६ पुष १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *