२०८२ साउन १ गते बिहिवार

त्रिवि रजिष्ट्रारमा दाहाल नियुक्त

काठमाडौं, पुस १२ । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. पेशल दाहाल नियुक्त भएका छन्।त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटाको सिफारिसमा प्रधानमन्त्रीसमेत रहेका कुलपति केपी शर्मा ओलीले पुस ११ गतेदेखि लागू हुने गरी दाहाललाई रजिष्ट्रारमा नियुक्त गरेका हुन्।

दाहालले शुक्रबार नै कार्यभार सम्हालेका छन्। त्रिवि रजिष्ट्रार डिल्लीराज उप्रेतीको कार्यकाल सकिएपछि रिक्त पदमा दाहाललाई नियुक्त गरिएको हो।

सत्तारूढ नेकपा निकटका दाहाल तेह्रथुमका हुन्। उनलाई चार वर्षका लागि रजिष्ट्रारमा नियुक्त गरिएको हो। दाहाल यसअघि त्रिवि सेवा आयोगका सदस्य भइसकेका थिए।

रजिष्ट्रारका लागि व्यवस्थापन संकायका डिन डिल्लीराज शर्मा र त्रिवि उच्च शिक्षा परियोजनाका पूर्वसंयोजक शंकर भण्डारीको नाम पनि सिफारिस गरिएको थियो।


शिक्षाध्यक्ष सुधा त्रिपाठीको पनि गत पुस ८ गते चार वर्षे कार्यकाल सकिए पनि नयाँ शिक्षाध्यक्ष नियुक्त गरिएको छैन। उपकुलपति तीर्थ खनियाको गत भदौ ६ गते कार्यकाल सकिएपछि दुई महिना शिक्षाध्यक्ष त्रिपाठीले कामु उपकुलपतिको जिम्मेवारी सम्हालेकी थिइन्।

 

 

प्रकाशित मिति : २०७६ पुष १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *