२०८२ जेष्ठ ११ गते शुक्रवार

मा.वि बालापुरमा सिकाई मेला (फोटो फिचर)

राष्ट्रिय गानका रचयिता ब्याकुल माईलाद्धारा मेलाको उद्धघाटन

सुंशील बस्नेत,तुलसीपुर,पुस ११ ।  दाङको तुलसीपुर २ स्थित मा.वि बालापुरमा एक दिने सुनाखरी तुलसीपुर सिकाई मेला भएको छ ।

तुलसीपुर उपमहानगरपालिका अन्तर्गतका ९ वटा बिद्यालयको आयोजना गरिएको मेलाको उद्घाटन राष्ट्रिय गानका रचयिता प्रदिप कुमार राई (ब्याकुल माईला) ले गरेका थिए ।

उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि ब्याकुल माईलाले सामुदायिक बिद्यालयको अबस्थाको बारेमा चिन्ता व्यक्त गरे । अब सामुदायिक बिद्यालयको अबस्थालाई रुपान्तरण गर्नै पर्छ,उनले भने,– झुशिले किरा लामो सघर्ष पछि पुतली हुन्छ,त्यसपछि फुलफुलमा जान्छ,सौन्दर्य पनि दिन्छ,रमाउँछ,आफुपनि बाँच्छ,तर कयौं जनप्रतिनिधिहरुमा भिजन नभएको आफुले पाएको भन्दै गुनासो गरे ।

उनले शिक्षकले सिक्न नपर्ने सोचको बिकास रहेको हुदाँ सामुदायीक विद्यालयको शिक्षा गुणस्तरीय नभएको पनि बताए । नीजि बिद्यालयले युटुब गुगुल हेरेर पढाउदा गुणस्तरीय शिक्षा हुने गरेको भन्दै उनले ब्यबहारिक, बैज्ञानिक र जिबन उपयोगि शिक्षा आबश्यक भएकोले त्यसमा ध्यान दिनु पर्ने सुझाब दिए ।

कार्यक्रममा विशिष्ट अतिथि तुलसीपुर उपहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आर्थिक समृद्धिका लागि कमाई हुनैपर्ने बताए ।

उनले भने,–भविष्यमा कमाई राम्रो हुन,सिकाई राम्रो हुनुपर्छ,र सिकाइका लागि आफ्नै शरीरको परिचालन गरि अभ्यास र सुचनाको बिशलेषण गर्न पनि जरुरी छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर वलीको अध्यक्षतामा भएको उदघाट्न कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिका सयोजक देबराज बिश्वकर्मा, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष राजु आचार्य, वडा नम्बर ५ का अध्यक्ष बिरेन्द्र शाह, बिद्यालय निरीक्षक मुकुन्द रिजाल, सुनाखरी तुलसीपुर सिकाई मेलाका सल्लाहकार एव पत्रकार सुशील बस्नेत लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा टिच फर नेपालका फेलोर माबि बालापुरका शिक्षक सन्तोष लम्सालले बिषय प्रबेश गराएका थिए ।

मा.वि बालापुरका प्रधानाध्यापक सुवर्ण कुमार लामिछानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मा.वी बालापुरका विद्यार्थी रिजु लामिछाने तथा खिमप्रसाद डांगीले गरेका थिए ।

सो अवसरमा विभिन्न विषयका क्रियाकलापहरु परियोजनाहरुको प्रर्दशन,विभिन्न प्रकारका गित,संगित,नृत्य र नाटक प्रस्तुत,बिज्ञ व्यक्तीहरुद्धारा उत्कृष्ट शिक्षण क्रियाकलाप र विभिन्न अभ्यास सम्बन्धी कार्यशाला सञ्चालन गरिएको थियो ।

सिकाई मेलामा यस क्षेत्रका विभिन्न सामुदायीक र संस्थागत विद्यालयका गरि करिब ५ सय विद्यार्थीले शैक्षिक स्टल अवलोकन गरेका थिए ।

 

 

 

प्रकाशित मिति : २०७६ पुष ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *