यमकला भुसाल,तुलसीपुर, पुस १० । बिजौरी उद्योग वाणिज्य सघंले ग्वारखोला पुल निमार्णका लागी जिम्मा लिएको कालिका रसुवा जेभि कन्ट्रक्सनका प्रतिनिधि सिनेटमान श्रेष्ठलाई सम्मान गरेको छ ।
बिहिवार एक कार्यक्रम बिच तुलसीपुर १८ बिजौरीमा श्रेष्ठलाई सम्मान गरेको हो । बिजौरी उद्योग वाणिज्य सघं अध्यक्ष मुक्ती बहादुर वलि (मुकेश) को अध्यक्षता एवं तुलसीपुर वडा नं १८ का अध्यक्ष माधव वलिको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वलिले राम्रो कामको सम्मान र सबैले प्रशंसा गर्नुपर्ने बताए । उनले कालिका रसुवा जेभि कन्ट्रक्सनले तोकिएको समय भन्दा ७ महिना अगाडी पुलको निमार्ण कार्य सम्पन्न गरेको भन्दै खसी व्यक्त गरे ।
वलिले जति पनि हुने विकास निमार्णका कामहरु यसैगरि समयमै सम्पन्न हुन सके विकास निमार्णले फड्को मार्ने पनि धारण राखे ।
उनले जिल्लाका अन्य पुलहरु सोचे अनुरुप निमार्ण हुन नसकिरहेको अवस्थामा ग्वारखोला पुल छिटो छरितो रुपमा सम्पन्न गरि कालिका रसुवा जेभि एउटा उदाहरणीय पात्र बन्न पुगेको समेत बताए ।
कार्यक्रममा कन्ट्रक्सनका प्रतिनिधि सिनेटमान श्रेष्ठले आफुले पाएको जिम्मेवारी समयमै सम्पन्न गर्नुपर्छ भन्ने मान्यताका साथ आफुले काम अगाडी बढाएको र सोहि अनुरुप सम्पन्न गर्न सफल भएको बताए ।
उनले निमार्ण कार्य सम्पन्न गर्न आफु मात्र नभई स्थानीय जनसमुदाय तथा आफ्ना सहकर्मीबाट पनि सहयोग र साथ पाएको हुदाँ सफल भएको बताए ।
बिजौरी उद्योग वाणिज्य सघंका उपाध्यक्ष लेखनाथ खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव बिरेन्द्र खड्काले गरेका थिए ।
साथै सो अवसरमा उद्योग वाणिज्य सघंले श्रेष्ठलाई मायाको चिनो समेत प्रदान गरेको थियो ।
फोटो-सुरेस भट्टराई
फोटो-सुरेस भट्टराई
फोटो-सुरेस भट्टराई