दाङ,पुष ६ । दाङ प्रहरीले ५७ गोरु नियन्त्रणमा लिएको छ ।
अबैद्य रुपमा गोरु तस्करी गरिरहेको अबस्थामा शनिबार राति १२ बजेतिर गोरु तस्करमा संलग्न रहेको भन्दै २ भारतीय नागरिक र ५७ गोरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
भारतबाट नेपाल गोरु ल्याउदै गरेको अवस्थामा गढवा गाँउपालिका वडा नं.५ मुसीधारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका व्यक्ति भारतको बलरामपुरका रहेका छन । साथै पक्राउ परेका मानिसर गोरुलाई भन्सार कार्यालय नेपालजंमा बुझाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रकाशित मिति : २०७६ पुष ६ गते आइतवार